फ्नोम पेन्ह पराजित
सोमबार, ०१ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ को प्रारम्भिक चरणमा नेपाली खेलाडी रेखा पौडेलसम्मिलित फ्नोम पेन्ह क्राउन एफसीले निराशाजनक सुरुआत गरेको छ।
किर्गिस्तानको बिश्केकमा भएको समूह ‘बी’ को पहिलो खेलमा फ्नोम पेन्ह क्राउन टीएसएल एफसीसँग २–० गोलले पराजित भएको हो।
टीएसएलकी लियाओ मेइक्सिनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। दोस्रो हाफमा त्साङ लाइ मेले अर्को गोल थपेपछि टीएसएलले २–० को जित सुनिश्चित गर्यो।
फ्नोम पेन्ह क्राउनले गोलका केही अवसर सिर्जना गरे पनि टीएसएलको बलियो रक्षापंक्ति तोड्न सकेन। यससँगै टोलीले प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्नुपरेको छ।
अब फ्नोम पेन्ह क्राउनले अगस्ट २० मा फिलिपिन्सको काया–इलोइलो एफसीसँग दोस्रो खेल खेल्नेछन्।










-1786962886448.jpeg&w=3840&q=75)
-1786939843966.webp&w=3840&q=75)
