सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

सोमबार, ०१ भाद्र २०८३खेलपाटी संवाददाता
क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स
Loading ad...
mustang rice ad

काठमाडौं। क्यामरुनले पहिलोपटक महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक सहभागी मालावीलाई ३–० ले पराजित गर्दै क्यामरुनले ऐतिहासिक सफलता हात पारेको हो।

क्यामरुनको जितमा मारी न्गाह मागाले दुई गोल गरिन् भने नाओमी एटोले एक गोल थपिन्। क्यामरुनले मालावीका चर्चित चाविङ्गा दिदीबहिनीलाई प्रभावहीन बनाउँदै उपाधि जित्न सफल भयो।

क्यामरुन यसअघि तीनपटक फाइनल पुगे पनि तीनैपटक नाइजेरियासँग पराजित भएको थियो। नाइजेरिया महिला अफ्रिका कप अफ नेसन्सको १० पटकको विजेता हो। पछिल्लो संस्करणमा भने क्यामरुन प्रतियोगिताका लागि छनोट हुन सकेको थिएन।

‘यो सपनाजस्तै लागिरहेको छ। क्यामरुनले यो क्षणका लागि लामो समयदेखि कडा मिहेनत गर्दै आएको थियो। आज अफ्रिकाको च्याम्पियन बन्न पाउनु हाम्रा लागि निकै ठूलो उपलब्धि हो,’ दुई गोल गरेकी न्गाह मागाले भनिन्।

पहिलो हाफमै क्यामरुनको दबदबा

मालावीले खेलको सुरुआतमा केही राम्रो प्रदर्शन गरे पनि २१औं मिनेटमा क्यामरुनले अग्रता लियो। नाओमी एटोको प्रहार मालावीकी गोलरक्षक मर्सी सिकेलोले बचाएपछि आएको अवसरमा न्गाह मागाले नजिकैबाट हेडमार्फत गोल गरिन्।

त्यसको केही समयमै एटोले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गर्दै क्यामरुनको अग्रता २–० बनाइन्। दोस्रो हाफमा मालावीले पुनरागमनको प्रयास गरे पनि क्यामरुनको रक्षापंक्तिले चाविङ्गा दिदीबहिनीलाई रोक्न सफल भयो। टाबिथा चाविङ्गाले पेनाल्टी पाउनुपर्ने दाबी गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) जाँचपछि पेनाल्टी नदिने निर्णय भयो।

टाबिथाले त्यसपछि पनि राम्रो अवसर सिर्जना गरिन्, तर क्यामरुनकी गोलरक्षक माइकेली बिहिनाले उत्कृष्ट बचाउ गरिन्। उनकी बहिनी टेम्वा चाविङ्गाले रिबाउन्डमा गोल गर्ने प्रयास गरे पनि सफल हुन सकिनन्।

खेलको अन्त्यतिर क्यामरुनले तेस्रो गोल थप्यो। एटोले गोलरक्षक सिकेलोभन्दा अगाडि पुगेर बल नियन्त्रणमा लिँदै उत्कृष्ट क्रस निकालिन्। यसलाई न्गाह मागाले हेडमार्फत गोलमा परिणत गर्दै प्रतियोगितामा आफ्नो पाँचौं गोल पूरा गरिन्।

इन्जुरी समयमा क्यामरुनकी अनुभवी खेलाडी गाब्रिएली अबुदी ओन्गेनेले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। ३७ वर्षीया ओन्गेने सन् २०१६ मा नाइजेरियाविरुद्ध घरेलु मैदानमा फाइनल हारेको क्यामरुन टोलीकी सदस्य थिइन्।

यसपटक भने गोल रद्द भए पनि उनले अन्ततः अफ्रिकी च्याम्पियन बनेर उपाधिको खुसी मनाउन पाइन्। तेस्रो स्थानको खेलमा अल्जेरियाले शनिबार आयोजक मोरक्कोलाई पराजित गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने