सन्न्यास लिन चाहन्छन् रोनाल्डो

काठमाडौं। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले जारी साउदी प्रो– लिग सिजन आफ्नो व्यावसायिक फुटबल करिअरको अन्तिम सिजन हुन सक्ने बताएका छन्।
४१ वर्षीय रोनाल्डोको साउदी क्लब अल–नासरसँगको सम्झौता आगामी जुनमा सकिँदैछ। उनले अर्को सम्झौता गर्ने सम्भावना कम रहेको संकेत दिएका छन्।
भोग म्यागजिनसँग कुरा गर्दै रोनाल्डोले भने,‘यो सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो र म सानदार विरासत छोड्न चाहन्छु।’
करिअरमा ९७६ गोल गरिसकेका रोनाल्डोले फुटबलबाट सन्न्यास लिएपछि आफूलाई व्यस्त राख्ने योजना पनि बनाइसकेको बताए। उनले थप यात्रा गर्ने, प्याडेल खेल्ने र आफूले कमाएको जीवनको आनन्द लिने इच्छा व्यक्त गरे।
रोनाल्डोका लागि जारी २०२६–२७ सिजन व्यावसायिक फुटबलको २५औं सिजन हो। उनले आफ्नो करिअरमा पाँच पटक बालोन डी’ओर र पाँच पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्।
गत सिजन रोनाल्डोले साउदी प्रो– लिगमा २८ गोल गर्दै अल–नासरलाई साउदी अरबको च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले। यो रियाद पुगेपछि उनको पहिलो ठूलो उपाधि थियो भने अल–नासरले सन् २०१९ पछि पहिलो पटक लिग उपाधि जितेको थियो।
हालै लामो समयदेखिकी साथी जर्जिना रोड्रिगेजसँग विवाह गरेका रोनाल्डोले उपाधि रक्षा अभियानको पहिलो खेल भने गुमाए। शनिबार अल–नासरले अल–फतेहलाई ३–० ले पराजित गर्दा रोनाल्डो मैदानबाहिरबाट खेल हेरेका थिए।
अल–नासरका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले खेलपछि रोनाल्डो टोलीसँगै रहेको र उनी सधैं टोलीको हिस्सा भएको बताएका छन्। रोनाल्डोले मंगलबार किङ्स कपमा अल–दिरीयाहविरुद्ध खेल्ने सम्भावना छ।
रोनाल्डोको सन्न्याससम्बन्धी भनाइ उनका लामो समयका प्रतिद्वन्द्वी लिओनल मेसीका हालैका अभिव्यक्तिसँग पनि जोडिएको छ। आफ्ना पिता गुमाएपछि मेसीले पनि आफूले अब फुटबललाई कति समय निरन्तरता दिन सक्छु भन्नेबारे निश्चित नभएको बताएका थिए।
यदि रोनाल्डोले यसै सिजनपछि सन्न्यास लिए भने उनको २५ वर्षभन्दा लामो ऐतिहासिक व्यावसायिक फुटबल करिअरको अन्त्य हुनेछ।










-1786962886448.jpeg&w=3840&q=75)
-1786939843966.webp&w=3840&q=75)
