सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

काठमाडौं। न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन्।
सुदूरपश्चिमले कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा उनलाई टोलीमा समावेश गरेको हो। यसअघि टोलीले इङ्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।
कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए। दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए।
पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन्। ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने।
तेस्रो संस्करणमा सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको थियो। दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अक्सनबाट अनुबन्ध गरेको थियो।













-1786962886448.jpeg&w=3840&q=75)
-1786939843966.webp&w=3840&q=75)
