मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

मंगलबार, ०२ भाद्र २०८३खेलपाटी संवाददाता
हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला
Loading ad...
mustang rice ad

क्लब फुटबलमा लगातार सफलताको यात्रा तय गरेका पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीमा आफ्नो १० वर्षे अध्याय समाप्त गरेका छन्। इटालीको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने अवसर आए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए।

यसैबीच, सिटीमा उनको अन्तिम समयका पर्दापछाडिका घटनालाई समेटेर ‘अ ब्यूटिफुल अब्सेसन’ नामक वृत्तचित्र सार्वजनिक भएको छ।

अमेजन प्राइमले निर्माणमा तयार भएको चार भागको वृत्तचित्रमा स्पेनिस प्रशिक्षक ग्वार्डिओलाको रिस, भावना, खेलाडीहरूसँगको सम्बन्ध तथा क्लबभित्रका विभिन्न घटनाहरू देखाइएको छ। यसमा ड्रेसिङ रुमभित्र भएका केही यस्ता कुराकानीसमेत समावेश छन्, जुन यसअघि सार्वजनिक भएका थिएनन्।

Haland

वृत्तचित्रको तेस्रो भागमा एफए कप फाइनलमा क्रिस्टल प्यालेसविरुद्धको खेलको हाफ टाइममा ग्वार्डिओला स्ट्राइकर एर्लिङ हालान्डसँग निकै कडा रूपमा प्रस्तुत भएको देखिन्छ।

उनले पहिले हालान्डलाई थकित छौ कि छैनौ भनेर सोध्छन्। हालान्डले आफू थकित नभएको बताएपछि ग्वार्डिओलाले उनको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै प्रश्न गर्छन्,‘सलिबा र अन्य खेलाडीहरूसँग बलका लागि जसरी लडेका थियौ, अहिले त्यही किसिमले किन लडिरहेका छैनौ?’

उनले अझ भन्छन्,‘थाकेका छौ भने अहिले नै मलाई भन। मैले तिमीलाई खेलाउन ६ जना खेलाडीलाई बाहिर राखेको छु। उनीहरूलाई बाहिर राख्दा मलाई लाज लागिरहेको छ। तिम्रो स्तर यही हो? डिफेन्सको पछाडि तिमी दौडिएको कहाँ छौं? बक्सभित्र तिम्रो उपस्थिति कहाँ छ?’

1074

त्यसपछि भने ग्वार्डिओलाको स्वर केही नरम हुन्छ। तर‚ हालान्डप्रतिको उनको सन्देश उस्तै रहन्छ। ‘म अझै पनि तिमीलाई माया गर्छु, एर्लिङ। बाबुले जस्तै। अझै पनि माया गर्छु। तर‚ कुरा त्यो होइन। तिमी जित्न चाहन्छौ भन्ने कुरा देखाऊ,’ उनी भन्छन्।

वृत्तचित्रमा लिभरपुलविरुद्ध एनफिल्डमा भएको हारपछि ग्वार्डिओला र तत्कालीन कप्तान काइल वाकरबीच भएको बहस पनि देखाइएको छ। वाकरले बल गुमाएको विषयमा उनले आलोचना गरेका छन्।

वाकरले टोलीको बैठकमा आफूलाई बारम्बार उदाहरण बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले भनेका थिए, ‘हरेक बैठकमा तपाईं मेरो नाम लिनुहुन्छ।’ जवाफमा ग्वार्डिओलाले उनी कप्तान भएकै कारण त्यसो भएको हुन सक्ने बताएका थिए।

download (23)

उनले भनेका छन्,‘सायद तिमी कप्तान भएकाले होला…!’ वृत्तचित्रमा ग्वार्डिओलाको सबैभन्दा व्यक्तिगत अभिव्यक्तिमध्ये एक पनि समेटिएको छ। २०२४/२५ सिजनमा सिटी खराब लयबाट गुज्रिरहेका बेला उनले आफ्नै वैवाहिक सम्बन्ध टुटेको प्रसंग उठाउँदै खेलाडीहरूको भावना, प्रेरणा र टोलीप्रतिको समर्पणबारे प्रश्न गरेका थिए।

वृत्तचित्रमा ग्वार्डिओला र क्लबको व्यवस्थापनबीचको मतभेद पनि देखाइएको छ। एउटा खेलमा टोलीको सुरुआती ११ मा १० परिवर्तन गरेपछि क्लबका प्रमुख कार्यकारी फेरान सोरियानो र अध्यक्ष खालदुन अल-मुबारकको भनिएको भ्वाइस म्यासेजमा उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरिएको सुनिन्छ।

अर्को दृश्यमा ग्वार्डिओलाले खेलाडीहरूलाई आफ्नो छनोटसम्बन्धी निर्णयमा असन्तुष्ट हुनेहरूलाई स्वीकार नगर्ने चेतावनी दिएका छन्। उनले प्रत्येक खेलाडीले आफ्नो क्षमता प्रमाणित गरेर मात्र टोलीमा स्थान बनाउनुपर्ने बताएका छन्।

download (22)

‘सिजनको अन्त्यमा तिमीहरूको अनुहारमा उदासी देखें भने म तिमीहरूलाई मारिदिन्छु। मेरो निर्णयबारे गुनासो गरेको देखें भने पनि म तिमीहरूलाई मारिदिन्छु,’ उनले भनेका छन्।

वृत्तचित्रको अन्त्यतिर ग्वार्डिओलाले खेलाडीहरूलाई आफूले म्यानचेस्टर सिटी छाड्ने निर्णय गरेको जानकारी दिन्छन्। उनले यसको कुनै एउटा निश्चित कारण नभएको बताउँदै आफूभित्रबाटै आफ्नो समय सकिएको महसुस भएको बताएका छन्।

‘म किन जाँदैछु भनेर मलाई नसोध। यसको कुनै निश्चित कारण छैन। तर‚ भित्रबाट मलाई थाहा छ, मेरो समय सकिएको छ। मैले धेरै कुरा नयाँ ढंगले मिलाउनुपर्नेछ। व्यक्तिगत जीवनमा धेरै कुरा भएका छन् र व्यावसायिक रूपमा पनि मैले फरक अनुभवहरूबाट गुज्रनुपर्नेछ। सबैभन्दा ठूलो कुरा मलाई केही आराम चाहिएको छ र समयलाई आफ्नै गतिमा बित्न दिन चाहन्छु,’ उनले भनेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

सुमन लुम्बिनीको ब्रान्ड आइकन

सुमन लुम्बिनीको ब्रान्ड आइकन

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स