बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

बुधबार, ०३ भाद्र २०८३
रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’
Loading ad...
mustang rice ad

काठमाडौं। बहुप्रतीक्षित सम्झौता पूरा भएसँगै स्पेनका स्टार मिडफिल्डर रोड्री अब बार्सिलोनाको खेलाडी बनेका छन्।

मंगलबार सम्झौता औपचारिक रूपमा टुंगिएपछि उनले म्यानचेस्टर सिटीसँगको सफल यात्रा समाप्त गर्दै ला लिगामा पुनरागमन गरेका हुन्।

बार्सिलोनामा रोड्रीले स्पेन राष्ट्रिय टोलीका केही सहकर्मीलाई पनि भेट्नेछन्। त्यसैले नयाँ क्लबको वातावरण उनलाई परिचित र सहज लाग्ने अपेक्षा गरिएको छ। सम्झौता घोषणा भएपछि बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमा रोड्रीलाई १६ नम्बरको जर्सीमा प्रस्तुत गरेको छ।

विश्वकपका ‘गोल्डेन बल’ विजेता रोड्रीलाई टोलीमा भित्र्याउन पाउँदा बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक पनि निकै उत्साहित छन्। रोड्रीले बार्सिलोनाको मिडफिल्डको स्तरलाई थप उचाइमा पुर्‍याउन सक्ने जर्मन प्रशिक्षकले विश्वास व्यक्त गरेका छन्।

उनको उपस्थितिले टोलीका अन्य खेलाडीको प्रदर्शनमा समेत सकारात्मक प्रभाव पार्ने फ्लिक बताउँछन्। क्याटलान पत्रिका ‘स्पोर्ट’सँग कुरा गर्दै फ्लिकले रोड्रीलाई विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरमध्ये एकका रूपमा प्रशंसा गरे।

‘मलाई लाग्छ उनी सम्भवतः उत्कृष्ट ६ नम्बरका खेलाडी हुन्। उनले खेलको गति र लय नियन्त्रण गर्न सक्छन्। रक्षात्मक रूपमा पनि उनले टोलीलाई निकै राम्रो सहयोग गर्न सक्छन्,’ फ्लिकले भने।

रोड्रीको खेल निर्माण गर्ने क्षमता र मैदानमा खेलको गति नियन्त्रण गर्ने शैली फ्लिकलाई विशेष रूपमा प्रभावित गरेको छ। फ्लिकको विश्वासमा रोड्रीको प्रभाव मिडफिल्डमा सीमित रहने छैन। उनको आगमनले बार्सिलोनाका अन्य खेलाडीको प्रदर्शन र विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ।

बुधबार ‘गाम्पर ट्रफी’को खेलका क्रममा रोड्रीलाई बार्सिलोनाका नयाँ समर्थकमाझ औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

स्पेन राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोड्रीले सन् २०२४ मा बालोन डी’ओर जितेका थिए। उनले २०१९–२० सिजनदेखि सिटीमा पेप ग्वार्डिओलाको प्रशिक्षणमा खेल्दै आएका थिए। सिटीमा लामो र सफल समय बिताउँदै उनले क्लबका लागि थुप्रै महत्त्वपूर्ण उपाधि जिते।

यसअघि स्पेनिस ला लिगामा भिल्लारियल र एट्लेटिको मड्रिडबाट खेलिसकेका रोड्री अब बार्सिलोनामा नयाँ अध्याय सुरु गर्दैछन्। फ्लिकको महत्वाकांक्षी परियोजनामा उनी टोलीको महत्त्वपूर्ण हिस्सा बन्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

मुसियाला मैदानमै ढल्न थाले

मुसियाला मैदानमै ढल्न थाले

Loading ad...
xTreme Energy Drink
सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

मुसियाला मैदानमै ढल्न थाले

मुसियाला मैदानमै ढल्न थाले

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन