सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता
‘फ्लप’ बलरको काँधमा नेपाली टोली
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक चर्चाको केन्द्रमा छन्। तर, यसपटक चर्चा उनको बलिङ प्रदर्शनका कारण मात्र होइन, नेपाली राष्ट्रिय एकदिवसीय टोलीको कप्तानी जिम्मेवारी उनका हातमा आएको कारण पनि हो।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको स्थानमा सन्दीपलाई एकदिवसीय टोलीको कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको छ। आगामी ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कपदेखि सन्दीपले नेपाली टोलीको नेतृत्व गर्नेछन्।

WhatsApp Image 2026-04-20 at 8.22.17 PM

कप्तानीको जिम्मेवारी पाउँदा सन्दीपको पछिल्लो मैदान प्रदर्शन भने अपेक्षाअनुसार सुखद छैन। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पछिल्ला तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनी लगातार विकेटविहीन भएका थिए। सन्दीपको ओडीआई करिअरमा लगातार तीन खेल विकेटविहीन भएको यो पहिलोपटक थियो।

नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीपले ७ ओभर बलिङ गरे। उनले ३२ रन खर्चिए, तर विकेट लिन सकेनन्। त्यसपछि नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले ८.१ ओभर बलिङ गर्दै ३६ रन दिए। नतिजा फेरि उस्तै रह्यो,विकेटविहीन।

नामिबियाविरुद्धको दोस्रो खेलमा पनि सन्दीपले ८ ओभर बलिङ गरे। यसपटक पनि उनले ३६ रन खर्चिए, तर विकेट उनको हात लागेन। यसरी लगातार तीन ओडीआईमा विकेटविहीन हुने खराब रेकर्ड सन्दीपको नाममा थपियो। उक्त सिरिजको अन्तिम खेलमा भने उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले ‘ड्रप’ गरेका थिए।

WhatsApp Image 2026-04-20 at 8.22.18 PM (2)

नेपालले यी चारवटै खेलमा लज्जास्पद हार बेहोर्‍यो। योसँगै आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्ने झिनो आशा समाप्त भयो। अर्कोतर्फ सन् २०२३ मा रिटेन गरेको एकदिवसीय मान्यता पनि गुम्ने खतरामा पुगेको छ।

तर, नेपाल फर्किएपछि तत्कालीन कप्तान रोहितले अन्तिम खेलमा सन्दीपलाई बाहिर राख्ने निर्णय खराब प्रदर्शन रहेको स्वीकार्न आनाकानी गरे। उनले टोली संयोजनका कारण उनलाई बाहिर राख्नुपरेको तर्क गरेका थिए।

‘सन्दीप हाम्रो मुख्य बलर हुन्। सात–आठ वर्षदेखि निरन्तर टोलीका लागि खेलिरहेका छन्। उहाँलाई बाहिर राख्ने निर्णय निकै कठिन थियो। तर‚ टोलीको संयोजनका कारण यस्तो निर्णय लिनुपर्‍यो,’ उनले भनेका थिए। तर, उनलाई बाहिर राखिनुको कारण भने लगातार ‘फ्लप’ हुनु नै थियो।

WhatsApp Image 2026-04-20 at 8.22.18 PM (2)

यद्यपी, मुख्य प्रशिक्षक लले नपत्याएका उनै सन्दीपलाई सोमबार क्यानले कप्तानी जिम्मेवारीमा पत्याएको छ। हुन त सन्दीप नेपाली क्रिकेटका सबैभन्दा चर्चित र प्रभावशाली खेलाडीमध्ये एक हुन्।

लेग स्पिनमार्फत उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई चिनाउने काम गरेका छन्। कठिन परिस्थितिमा विकेट निकाल्ने क्षमता नै उनको सबैभन्दा ठूलो विशेषता मानिँदै आएको छ। तर, पछिल्लो समय उनले आफ्नो क्षमता देखाउन सकेका छैनन्।

अझ कप्तानको भूमिका र बलिङ गर्नेभन्दा फरक हुन्छ। अब सन्दीपले आफ्नो प्रदर्शन मात्र होइन, पूरै टोलीको प्रदर्शनको जिम्मेवारी लिनुपर्नेछ। बलिङमा विकेट नआएको दिन कप्तानका रूपमा उनले आफ्नो रणनीतिमा परिवर्तन गर्नुपर्नेछ।

WhatsApp Image 2026-04-20 at 8.22.18 PM

कुन समयमा स्पिनर प्रयोग गर्ने, कुन बलरलाई दबाबको अवस्थामा बल दिने, फिल्डिङ कसरी सजाउने र ब्याटिङ क्रमदेखि खेलाडीको भूमिकासम्मका निर्णय अब उनको जिम्मेवारीमा पर्नेछन्।

यस अर्थमा पछिल्ला तीन खेलको विकेटविहीन यात्रा सन्दीपका लागि व्यक्तिगत खराब प्रदर्शन होइन, कप्तानका रूपमा आफूलाई प्रमाणित गर्ने चुनौतीको सुरुआत पनि हुनेछ।

टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसीर अहमद, शेर मल्ल, हेमन्त धामी, आसिफ शेख, देव खनाल, ईशान पाण्डे, ललितनारायण राजवंशी, सन्दीप जोरा, अर्जुन कुमाल, गुलशनकुमार झा र करण केसीजस्ता खेलाडी छन्।

यस टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। त्यसैले सन्दीपको नेतृत्वमा टोलीले नयाँ संयोजन र नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ। तर‚ कप्तानी पाउनु मात्रै पर्याप्त हुनेछैन। सन्दीपले आफ्नो बलिङ लय पनि फर्काउनुपर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

 एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’