भुर्तेल ‘ए’ टिममा घटुवा
सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता
-1786375219720.jpg&w=3840&q=75)
काठमाडौं। लगातार खराब प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घटुवा भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई ‘ए’ टिममा झारेको हो। योसँगै उनले अस्ट्रेलियामा हुने टप इन्ड टी–२० प्रतियोगितामा अनिलकुमार साहको कप्तानीमा खेल्नेछन्।
उता सिनियर टोलीले भने ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कप खेल्दैछ। अस्ट्रेलियाको डार्विनमा २१–३० अगस्टमा टप इन्ड टी–२० प्रतियोगिता हुँदैछ।
त्यसपछि अस्ट्रेलियामै साउथ अस्ट्रेलिया‚ तास्मानिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध मैत्रीपूर्ण सिरिज हुँदैछ। टोलीमा अनिल र कुशलसँगै कुशल मल्ल‚नारायण जोशी‚ विपिन खत्री‚ त्रित राज दास‚पवन सराफ‚ लोकेस बम‚ आकाश चन्द‚ युवराज खत्री‚ मयन यादव‚ दीपक डुम्रे‚ रसिद खान‚ साहब आलम र रिजन ढकाल छन्।





-1786377986381.jpeg&w=3840&q=75)




-1786356600323.jpeg&w=3840&q=75)

