सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

होरा ईस्पोर्ट्स फाइनलमा

सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता
होरा ईस्पोर्ट्स फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह ‘बी’ को शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको हो।

समूहमा चौथो भएको होराले ५७ हजार ५०० डलर पुरस्कार पनि पक्का गरेको छ। आइतबार सकिएको समूह चरणमा होराले ९८ अंकसहित चौथो स्थान हासिल गरेको हो। टोलीले दुई दिनमा एक चिकेन डिनरसहित ६१ किल र ३७ प्लेसमेन्ट पोइन्ट जोडेको थियो।

होराले पहिलो दिन नै प्रभावशाली सुरुआत गरेको थियो। सुरुआती दुई खेलमध्ये दोस्रो खेलमा चिकेन डिनर जित्दै टोलीले ५९ अंक जोडेर तेस्रो स्थानमा दिनको खेल टुंग्याएको थियो। दोस्रो दिन भने ६ खेलबाट थप ३९ अंक बटुल्दै चौथो स्थानमा रहन सफल भयो।

अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष पाँचमै रह्यो। यससँगै उसले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट समेत जोगिँदै सिधै ग्रान्ड फिनालेको टिकट काटेको हो।

समूह ‘बी’ बाट भाइटालिटी १४८ अंकसहित शीर्ष स्थानमा रहँदा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन्।

समूह ‘ए’ बाट भने फोर थ्राइभ, ओरानगुटान, अउरोरा, टिम फ्ल्यास र निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। यससँगै ग्रान्ड फिनालेका १६ मध्ये १० टोलीको टुंगो लागिसकेको छ।

अब दुवै समूहका छैटौंदेखि १३औँ स्थानमा रहेका १६ टोलीले अगस्ट ११ र १२ मा सर्भाइभल स्टेज खेल्नेछन्। त्यहाँबाट शीर्ष ६ टोलीले ग्रान्ड फिनालेको बाँकी स्थान पूरा गर्नेछन्। समूह चरणका अन्तिम तीन स्थानमा रहेका ६ टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।

अगस्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा होरा विश्वका उत्कृष्ट १६ टोलीसँग उपाधिका लागि भिड्नेछ। उपाधि जित्ने टोलीले मात्रै ५ लाख अमेरिकी डलर पाउनेछ भने उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित