आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

आइतबार, २४ श्रावण २०८३खेलपाटी संवाददाता
बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं। राम्रो जीवनको खोजीमा विश्वका विभिन्न भागबाट मानिसहरू युरोपतर्फ जाने क्रम नयाँ होइन। पछिल्लो समय मोरक्कोबाट हजारौं मानिस स्पेन प्रवेश गरेपछि यो घटना विश्वभर चर्चामा आएको छ।

तर, तीमध्ये ठूलो संख्यामा मानिसहरू फेरि मोरक्को फर्किएको बताइएको छ। यही परिस्थितिका कारण स्पेनिस फुटबल क्लब बार्सिलोनाले मोरक्कोमा तय गरेको पूर्वनिर्धारित मैत्रीपूर्ण खेल रद्द गरेको छ।

‘द न्युयोर्क टाइम्स’का अनुसार पछिल्लो समय उत्तर अफ्रिकाको तटमा रहेको स्पेनको स्वायत्त क्षेत्र सेउता हुँदै मोरक्कोबाट हजारौं आप्रवासी स्पेन प्रवेश गरेका थिए। यसबाट उत्पन्न आप्रवासन संकटका कारण बार्सिलोनाले मोरक्कोको क्लब आईआर ताञ्जियरविरुद्ध खेल्ने तय भएको प्रि–सिजन मैत्रीपूर्ण खेल रद्द गर्ने निर्णय गरेको हो।

बीबीसीका अनुसार गत बिहीबार सेउताका नेता हुआन जेसुस भिभासले युरोपेली संसदलाई उक्त क्षेत्रमा करिब ३ हजारदेखि ५ हजार आप्रवासी रहेको जानकारी दिएका थिए। समुद्री मार्ग हुँदै हजारौं मानिस स्पेन प्रवेश गर्ने क्रममा करिब १०० जनाको मृत्यु भएको घटनाप्रति उनले गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘अपरिवर्तनीय त्रासदी’ बताएका थिए।

नयाँ सिजनको तयारीका क्रममा स्पेनिस ला लिगाको विजेता बार्सिलोनाले आगामी १५ अगस्टमा मोरक्कोको उत्तरपश्चिमी क्षेत्रमा रहेको आईआर ताञ्जियरसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। तर, अहिले उक्त खेल रद्द भएको छ।

बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान अनिश्चित परिस्थितिलाई ध्यानमा राख्दै बार्सिलोनाले यस समयमा खेल आयोजना गर्नका लागि वातावरण अनुकूल नरहेको निष्कर्ष निकालेको छ।’

यो बार्सिलोनाको प्रि–सिजन तयारीमा आएको पछिल्लो अवरोध हो। यसअघि इङ्ल्यान्डमा प्रशिक्षण शिविरका क्रममा ३ अगस्टमा इङ्लिस फुटबलको दोस्रो तहमा रहेको क्लब प्रेस्टन नर्थ एन्डसँग बार्सिलोनाले मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो। तर, उक्त खेल पनि रद्द भएको थियो।

‘द एथलेटिक’का अनुसार प्रेस्टनका पर्याप्त पहिलो टोलीका खेलाडी खेल्न सक्ने अवस्थामा नरहेकाले खेल रद्द गरिएको थियो। प्रेस्टनले खेलाडीलाई कुनै जोखिममा पार्न नचाहेको जानकारी बार्सिलोनालाई दिएको थियो। त्यसपछि बार्सिलोनाले आफ्नै खेलाडीलाई दुई समूहमा विभाजन गरेर आन्तरिक अभ्यास खेल खेलेको थियो। उक्त खेल १–१ को बराबरीमा सकिएको थियो।

अब बार्सिलोनाले २३ अगस्टमा एल्चेको घरेलु मैदानमा खेल्दै नयाँ ला लिगा सिजनको सुरुआत गर्नेछ। टोलीले यसपटक पनि लिग उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?