शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीसँग ढुक्क छ अर्जेन्टिना

शनिबार, २३ श्रावण २०८३खेलपाटी संवाददाता
मेसीसँग ढुक्क छ अर्जेन्टिना
Loading ad...
mustang rice ad

काठमाडौं। यस समरमा भएको विश्वकपमा लिओनल मेसीले अझै पनि आफू कति उत्कृष्ट खेल्न सक्छन् भन्ने प्रमाणित गरेका थिए। उनले अर्जेन्टिनालाई लगातार दोस्रोपल्ट फाइनलमा पुर्‍याउन ८ गोल गरेका थिए।

योसँगै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो ‘चिकी’ तापिया उनलाई तत्कालन अन्तर्राष्ट्रिय फुटबलबाट बिदा गर्ने मूडमा देखिएका छैनन्।

अर्जेन्टिनाको टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा तापियाले मेसीले आफ्नो खेलजीवन कहिले अन्त्य गर्ने भन्ने निर्णय पूर्ण रूपमा स्वयंले गर्नुपर्ने बताएका छन्।

तापिया भन्छन्,‘यो पूर्ण रूपमा उनको व्यक्तिगत निर्णय हो। हामीले उनलाई सहज रूपमा खेल्न दिनुपर्छ।’ सन् २०२२ मा मेसीले २०२६ को विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने नै निश्चित थिएन। उनले त्यतिबेला एक–एक खेलमा ध्यान दिने बताएका थिए।

mesi and son

‘अहिले हामीले विश्वकपमा मेसीको उत्कृष्ट अझ भनुम सायद उनको करियरकै उत्कृष्ट रूप देख्यौं,’तापिया भन्छन्,‘उनी फुटबल खेल्न रमाइरहन दिनुपर्छ। त्यसपछि उनले आफूलाई सही लाग्ने निर्णय आफैं गर्नेछन्।’ २४ जुनमा ३९ वर्ष पुगेका मेसीले यसअघि विश्वकपको समूह चरणमा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए।

यद्यपि‚ उनले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलबाट कहिले सन्न्यास लिने वा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि अझै कति समय खेल्ने भन्नेबारे कुनै स्पष्ट संकेत दिएका छैनन्।

तापियाले उल्लेख गरेझैं कतारमा सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई फ्रान्सविरुद्ध उपाधि जिताएपछि पनि मेसीको २०२६ को विश्वकप यात्रा निश्चित थिएन। तर‚ यसपटक उनले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल र ४ असिस्ट गरेका थिए।

download (8)

अमेरिकामा गत महिना भएको विश्वकपको फाइनलमा अर्जेन्टिना अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भएको थियो। यस विश्वकपमा मेसीले मिरोस्लाभ क्लोजेको १६ गोलको विश्वकप करिअरको कीर्तिमानसमेत तोडे। तर‚ फ्रान्सका स्टार किलियन एमबाप्पेले प्रतियोगिताको अन्त्यसम्म २२ गोल गर्दै मेसीलाई एक गोलले पछि पारे।

तापियाले मेसीको प्रदर्शनको प्रशंसा गर्दै भने,‘लिओका लागि यो उत्कृष्ट विश्वकप थियो। हामीले निकै आनन्द लियौं र उनीप्रति गर्व गर्नुपर्छ। मैले हरेक क्षणको आनन्द लिएँ। निस्सन्देह, उनी यस विश्वकपमा हाम्रो टोलीका मुख्य खेलाडी थिए। यदि उनको विश्वकप प्रदर्शनलाई विश्लेषण गर्ने हो भने मेरो विचारमा उनी उत्कृष्ट खेलाडी थिए। उनले लगभग हरेक खेलमा नयाँ कीर्तिमान बनाइरहेका थिए।’

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ। त्यसबेला मेसी ४३ वर्षका हुनेछन्। उक्त विश्वकपको शतवार्षिकीका अवसरमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि एक–एक खेल आयोजना हुनेछ।

फिफाका अनुसार विश्वकपमा खेल्ने सबैभन्दा पाका गैरगोलरक्षक खेलाडी क्यामरुनका फरवार्ड रोजर मिला हुन्। उनले ४२ वर्ष ३९ दिनको उमेरमा विश्वकप खेलेका थिए। यसैबीच, पोर्चुगलका अर्का महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले पनि यसपटक ४१ वर्षको उमेरमा विश्वकपमा सहभागिता जनाएका थिए।

उनी अर्को विश्वकप हुँदा ४५ वर्षमा पुग्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था