८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ८ महिनापछि बोर्ड बैठक डाकेको छ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका राखेप अध्यक्ष सस्मित पोखरेलले आगामी बिहीबारका लागि १२५औं बोर्ड बैठक आह्वान गरेका हुन्।
राखेपको बोर्ड बैठक गत पुस ९ गतेपछि बस्न सकेको थिएन। लामो समयपछि आह्वान गरिएको बैठकले दशौं राष्ट्रिय खेलकुदको मिति तोक्नेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बनको सम्बन्धमा समेत छलफल गर्ने भएको छ।
यी हुन् बैठकको प्रस्तावित अजेन्डाहरू
१. २०औं एसियाली खेलकुद सम्बन्धमा ।
क) समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरुको अनुमोदन ।
ख) २०औं एसियाली खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८३ ।
ग) २०औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धी बजेट तथा नर्म्स ।
२. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धमा ।
क) दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल ।
ख) आयोजना मिति ।
ग) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका, २०८३,
घ) दशौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी बजेट तथा नर्म्स ।
३. राष्ट्रिय खेलकुद परिषद्को चालु आ.ब. २०८३/८४ को विनियोजित बजेट सम्बन्धमा ।
४. राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा ।
५. राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा लिने सम्बन्धमा ।
क) पूर्वाधार निर्माण तर्फ सिभिल इन्जिनियर उपसचिव सरह १ जना र सिभिल/आर्किटेकट /इलेक्ट्रीकल/स्ट्रकचरल ४ जना
ख) आई.टी सूचना प्रविधि) तर्फ आई टि. विज्ञ २ जना अधिकृत तृतीय ।
६. राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा ।
७. खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा ।
८. खेल संघहरुलाई खेल कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा ।
९. विविध :
क) माननीय शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षज्यूबाट मिति २०८३/०२/०७ मा परिषद्का सदस्य सचिवज्यूलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा ।
ख) खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड-२०८३ ।
ग) कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा ।
घ) अखिल नेपाल फुटबल संघको सम्बन्धमा ।
ङ) खेल संघहरुको नवीकरण सम्बन्धमा ।










-1786248856569.webp&w=3840&q=75)

-1786249079423.webp&w=3840&q=75)

-1786196245905.jpeg&w=3840&q=75)
