आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोबर्टो अब एलए ग्यालेक्सीमा

शनिबार, २३ श्रावण २०८३खेलपाटी संवाददाता
रोबर्टो अब एलए ग्यालेक्सीमा
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनका अनुभवी मिडफिल्डर सर्जी रोबर्टो अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा आबद्ध भएका छन्।

३४ वर्षीय रोबर्टोले ग्यालेक्सीसँग २०२८ सम्मको दुई वर्षे सम्झौता गरेका छन्। सम्झौतामा २०२८–२९ सिजनका लागि थप एक वर्ष लम्ब्याउन सकिने विकल्पसमेत रहेको छ।

ग्यालेक्सीले शनिबार रोबर्टोलाई अनुबन्ध गरेको घोषणा गरेको हो। उनी सन् २०२४ मा बार्सिलोनासँगको १८ वर्ष लामो यात्रा टुंग्याएपछि इटालियन सिरी ‘ए’ क्लब कोमोमा आबद्ध भएका थिए। कोमोमा उनले पछिल्ला दुई सिजन बिताएका थिए।

ग्यालेक्सीका महाप्रबन्धक विल कुन्जले रोबर्टोको आगमनले टोलीलाई नेतृत्व, प्राविधिक क्षमता, रणनीतिक बुद्धिमत्ता र उपाधि जितेको अनुभव प्रदान गर्ने बताएका छन्।

‘सर्जीले नेतृत्व, प्राविधिक क्षमता, रणनीतिक बुद्धिमत्ता र च्याम्पियन बन्ने अनुभवको यस्तो संयोजन ल्याएका छन्, जुन निकै कम खेलाडीसँग हुन्छ। उनी आफ्नो पुस्ताका केही उत्कृष्ट टोलीका महत्त्वपूर्ण सदस्य रहिसकेका छन्। जित्नका लागि के आवश्यक हुन्छ भन्ने मात्र होइन, विजेता टोली बन्नुको अर्थ के हो भन्ने कुरा पनि उनी बुझ्छन्,’ कुन्जले भने।

रोबर्टोले सन् २०१० को दशकमा लिओनल मेसीको नेतृत्वमा बार्सिलोनाले प्रभुत्व जमाउँदा टोलीका लागि महत्त्वपूर्ण सेन्ट्रल मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए। बार्सिलोनामा रहँदा उनले सबै प्रतियोगिता गरी २५ उपाधि जितेका थिए।

१८ वर्षको उमेरमा बार्सिलोनाको पहिलो टोलीमा डेब्यु गरेका रोबर्टोले क्लबका लागि ३७३ खेलमा १९ गोल र ४३ गोलका लागि सहयोग गरेका थिए। सन् २०२३–२४ सिजनमा उनी बार्सिलोनाको कप्तानसमेत बनेका थिए।

बार्सिलोनामा रहँदा उनले सात पटक ला लिगा उपाधि र दुई पटक युरोपेली च्याम्पियन्स लिग उपाधि जिते। त्यसपछि उनी बार्सिलोना पूर्वसहकर्मी सेस्क फाब्रेगासको प्रशिक्षणमा खेल्न इटालीको कोमो पुगेका थिए। कोमोमा दुई सिजन बिताउने क्रममा उनले क्लबलाई इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुने उपलब्धि हासिल गर्न महत्त्वपूर्ण योगदान दिएका थिए।

एलए ग्यालेक्सीमा रोबर्टोले जर्मनीका स्टार मार्को राउससँगै मिडफिल्ड सम्हाल्नेछन्। उनी बार्सिलोनाका पूर्वसहकर्मी रिकी पुजसँग पनि पुनर्मिलन हुनेछन्। चोटका कारण लगातार दुई सिजन गुमाएका पुज सन् २०२७ मा ग्यालेक्सीका लागि पुनः मैदानमा फर्किने अपेक्षा गरिएको छ।

यसैबीच, ग्यालेक्सीले यो सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। टोली हाल पश्चिमी सम्मेलनको १२औँ स्थानमा रहेको छ। यद्यपि, क्लबले सिजनको अन्त्य बलियो बनाउने र सन् २०२७ का लागि टोलीलाई नयाँ स्वरूप दिने उद्देश्यले खेलाडी अनुबन्धमा सक्रियता देखाइरहेको छ।

सन् २०२४ मा कीर्तिमानी छैटौँ एमएलएस कप उपाधि जितेयता ग्यालेक्सीले खेलेका पछिल्ला ५३ एमएलएस खेलमध्ये केवल १२ खेलमा मात्र जित हासिल गरेको छ।

रोबर्टोको अनुबन्धअघि ग्यालेक्सीले सान डिएगो एफसीबाट मेक्सिकोका फरवार्ड हिर्भिङ ‘चुकी’ लोजानोलाई ऋणमा ल्याउने सम्झौता गरेको थियो।

बार्सिलोनाका लागि एक दशकभन्दा बढी समय महत्वपूर्ण खेलाडीका रूपमा खेले पनि रोबर्टोले स्पेनको राष्ट्रिय टोलीबाट भने ११ खेल मात्र खेलेका छन्। उनको उत्कृष्ट समय स्पेनिस फुटबलको मिडफिल्डमा आन्द्रेइ इनिएस्ता, जाभी र सर्जियो बुस्केट्सजस्ता विश्वस्तरीय खेलाडीहरूको दबदबा रहेको समयसँग मेल खाएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन