आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

आइतबार, २४ श्रावण २०८३खेलपाटी संवाददाता
७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिलियन मिडफिल्डर ब्रुनो गिमारेसले प्रिमियर लिग च्याम्पियन आर्सनलमा आबद्ध भएका छन्। योसँगै आफू क्लबका लागि इतिहास बनाउन उत्साहित रहेको बताएका छन्।

उनी शनिबार प्रतिद्वन्द्वी क्लब न्युक्यासल युनाइटेडबाट करिब ७५ मिलियन युरोको ट्रान्सफर शुल्कमा आर्सनल पुगेका हुन्। २८ वर्षीय गिमारेसले न्युक्यासलमा साढे चार सिजन बिताउँदै क्लबको कप्तानीसमेत गरेका थिए। आर्सनलले उनको सम्झौताको अवधि आधिकारिक रूपमा खुलाएको छैन।

यद्यपि, बेलायती सञ्चारमाध्यमका अनुसार उनले थप एक वर्षको विकल्पसहित चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। गिमारेसले नयाँ क्लबमा आउन पाउँदा आफू निकै खुसी रहेको बताए।

‘म राम्रो महसुस गरिरहेको छु, निकै उत्साहित छु। यो अवसरका लागि म खुसी छु,’ उनले भने,‘यस सिजन हामीले निकै कठिन खेलहरू खेल्नुपर्नेछ। त्यसैले टोली निकै महत्त्वपूर्ण हुनेछ र हामीले आफ्ना सपना पूरा गर्न सक्नेमा म आशावादी छु।’

गिमारेसका अनुसार आर्सनलका खेल निर्देशक आन्द्रे बर्टा र प्रशिक्षक मिकेल आर्टेटासँग पहिलोपटक कुराकानी गरेदेखि नै उनी क्लबमा आबद्ध हुन उत्साहित थिए। ‘बर्टा र मिकेलसँग पहिलोपटक कुरा गरेदेखि नै म उत्साहित थिएँ। मेरो मनभित्र नयाँ चुनौती आवश्यक छ भन्ने महसुस भएको थियो। आर्सनलको खेलाडी बन्नु मेरो जीवनकै रोमाञ्चक चुनौती हुने मैले सोचेँ,’ उनले भने।

उनले थपे,‘मैले दुईवटा विश्वकप खेलिसकेको छु र अहिले मेरो जीवनको यस्तो चरणमा छु, जहाँ मलाई यस्तै चुनौती आवश्यक छ। म उपाधि जित्न चाहन्छु, इतिहास बनाउन चाहन्छु र त्यसका लागि म सही ठाउँमा आएको छु। सुरुवात गर्न म निकै उत्साहित छु।’

गिमारेस यस ट्रान्सफर विन्डोमा आर्सनलको सबैभन्दा चर्चित नयाँ अनुबन्ध बनेका छन्। उनी इलान मेस्लिए र क्रिस्टोस त्जोलिसपछि क्लबमा भित्रिएका नयाँ खेलाडी हुन्। गिमारेस सन् २०२२ को जनवरीमा पनि आर्सनलसँग जोडिएका थिए। तर‚ त्यतिबेला उनी फ्रान्सेली क्लब लियोनबाट न्युक्यासल पुगेका थिए। न्युक्यासलका लागि उनले १९५ खेल खेल्दै ३१ गोल गरेका छन्।

प्रशिक्षक एडी हाउको नेतृत्वमा गिमारेसले न्युक्यासललाई ५६ वर्षपछि ठूलो उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले। क्लबले सन् २०२५ मा लिग कप जितेको थियो। उनी न्युक्यासल दुईपटक च्याम्पियन्स लिगका लागि छनोट हुँदा पनि टोलीका महत्वपूर्ण सदस्य थिए।

तर‚ नयाँ सिजन सुरु हुनुअघि गिमारेस न्युक्यासल छाड्ने तेस्रो चर्चित खेलाडी बनेका छन्। यसअघि एन्थोनी गोर्डन र सान्ड्रो टोनालीले पनि क्लब छाडिसकेका छन्। न्युक्यासलबाट बिदा हुँदै गिमारेसले यो आफ्नो जीवनकै कठिन निर्णयमध्ये एक भएको बताएका छन्।

यसैबीच, हाउले गत साता न्युक्यासलको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। उनको स्थानमा जर्मनीका प्रशिक्षक म्याथियास जाइसल नियुक्त भएका छन्। हालैको विश्वकपमा ब्राजिलका लागि खेलेका गिमारेसले अब आर्सनलको मिडफिल्डमा डेक्लान राइस, माइल्स लुइस–स्केली, मार्टिन जुबिमेन्डी र मिकेल मेरिनोसँग स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

आर्सनलले नयाँ सिजनको सुरुआत आगामी आइतबार म्यानचेस्टर सिटीविरुद्ध कम्युनिटी शिल्डबाट गर्नेछ। त्यसको पाँच दिनपछि उसले नवप्रवेशी कोभेन्ट्रीविरुद्ध प्रिमियर लिगको उपाधि रक्षा अभियान सुरु गर्नेछ।

यता, न्युक्यासलले अगस्ट २३ मा सेन्ट जेम्स पार्कमा लिभरपुलविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता