तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
आइतबार, २४ श्रावण २०८३खेलपाटी संवाददाता
-1786288850962.jpeg&w=3840&q=75)
काठमाडौं। चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन्।
उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।
लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे। सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे। टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन्।





-1785598621142.jpeg&w=3840&q=75)





-1786248856569.webp&w=3840&q=75)

-1786249079423.webp&w=3840&q=75)
