आश्रयलाई दोहोरो पदक
शनिबार, १६ श्रावण २०८३खेलपाटी संवाददाता
-1785598621142.jpeg&w=3840&q=75)
काठमाडौं। आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।
निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले जनाएका छन्।
आयाम पौडेल र स्वस्तिक चौधरीले रजत जिते। क्रिस शाह कानु र साइरस तिम्सिनाले कांस्य हात पारे। क्रिस र आयाम लिटिल बड स्कुलमा अध्ययनरत छन् भने स्वस्तिक र साइरस युरो किड्स तेक्वान्दो डोजाङका खेलाडी हुन्। टिम प्रशिक्षक तामाङ गोंगबु तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक तथा लिटिल बड र सांग्रिला स्कुलका प्रशिक्षक हुन्।







-1767511356725.jpeg&w=3840&q=75)



-1785576703600.jpeg&w=3840&q=75)



