शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दबाबमा इन्फान्टिनो

शुक्रबार, १५ श्रावण २०८३खेलपाटी संवाददाता
दबाबमा  इन्फान्टिनो
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपबाट हुने आम्दानीको हिस्सा निजी लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेपछि त्यसको विरोध झन् चर्किएको छ।

शुक्रबार उनका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पदबाट राजीनामा दिएका छन्। यस्तै, एसियाली फुटबल महासंघले पनि युरोपेली र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघसँग ऐक्यबद्धता जनाउँदै उक्त योजनाको विरोध गरेको छ।

अमेरिकी फुटबल संघका पूर्वअध्यक्ष कोर्डेरोले करिब २० अर्ब अमेरिकी डलर बराबरको नयाँ व्यावसायिक संस्था स्थापना गर्ने योजनालाई फुटबलका लागि हानिकारक सम्झौता भएको बताएका छन्। उनले आफूलाई यस योजनाबारे कुनै जानकारी नदिइएको र यसको विरोध गर्ने स्पष्ट पारे।

उनले जारी गरेको वक्तव्यमा भनेका छन्,‘विश्वकपको स्वामित्वको हिस्सा बेच्ने योजनालाई म कुनै पनि हालतमा समर्थन गर्न सक्दिनँ। यस प्रस्तावमा मेरो कुनै संलग्नता थिएन र म यसको स्पष्ट रूपमा विरोध गर्छु।’

कोर्डेरोले अन्य वरिष्ठ अधिकारीहरूलाई पनि यस विषयमा खुलेर आफ्नो धारणा राख्न आग्रह गरेका छन्। उनको राजीनामापछि अध्यक्ष इन्फान्टिनोमाथिको दबाब अझ बढेको छ।

यसअघि युरोपेली फुटबल महासंघले योजना फिर्ता नलिए विश्व फुटबल महासंघका प्रतियोगिताहरू बहिष्कार गर्न सक्ने चेतावनी दिएको थियो। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघले पनि सदस्य राष्ट्रलाई एकपटकका लागि दिने भनिएको दुई करोड अमेरिकी डलरको प्रस्ताव अस्वीकार गरिसकेको छ।

योजना के हो?

अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप र क्लब विश्वकपलगायत सबै प्रमुख व्यावसायिक अधिकारलाई समेटेर करिब २० अर्ब अमेरिकी डलर बराबरको नयाँ व्यावसायिक संस्था स्थापना गर्ने प्रस्ताव अघि सारेका छन्। यस संस्थाको २० प्रतिशत स्वामित्व निजी लगानीकर्तालाई दिने योजना छ।

यस योजनामा प्रमुख लगानीकर्ता अमेरिकास्थित एक लगानी संस्था रहेको बताइएको छ। उक्त संस्थाको स्थापना जोशुआ कुशनरले गरेका हुन्। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जार्ड कुशनरका भाइ हुन्।

केही दिनअघिसम्म इन्फान्टिनो आगामी कार्यकालका लागि सहज रूपमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको थियो। तर‚ निजी लगानीसम्बन्धी विवादपछि उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।

फिफाले आगामी मार्चमा मोरक्कोको रबातमा अध्यक्षीय निर्वाचन गर्ने तयारी गरेको छ भने उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिर्तामोड युनाइटेड च्याम्पियन

बिर्तामोड युनाइटेड च्याम्पियन

नेपाल साफको ‘ड्र’मा अटाएन

नेपाल साफको ‘ड्र’मा अटाएन

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आश्रयलाई दोहोरो पदक

आश्रयलाई दोहोरो पदक

बिर्तामोड युनाइटेड च्याम्पियन

बिर्तामोड युनाइटेड च्याम्पियन

नेपाल साफको ‘ड्र’मा अटाएन

नेपाल साफको ‘ड्र’मा अटाएन

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

चेल्सीलाई कारबाही

चेल्सीलाई कारबाही

अल–नासर फर्किएनन् रोनाल्डो

अल–नासर फर्किएनन् रोनाल्डो

विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो