शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

शनिबार, १६ श्रावण २०८३खेलपाटी संवाददाता
विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार विश्वकपसम्बन्धी व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना व्यापक विरोधपछि रद्द गरिएको घोषणा गरेका छन्।

फिफाले आफ्नो नयाँ व्यावसायिक इकाईमार्फत विश्वकपसहितका प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गर्दै करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने लक्ष्य राखेको थियो। तर‚ यो योजना सार्वजनिक भएपछि विश्व फुटबल समुदायबाट तीव्र विरोध सुरु भएको थियो।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले विश्वकपलाई ‘लगानीको वस्तु’ बनाउन खोजिएको भन्दै आपत्ति जनाएको थियो। यूईएफएले आवश्यक परे फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएको थियो।

शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष इन्फान्टिनोले सबै पक्षको धारणा सुनेपछि प्रस्तावले फुटबल समुदायमा अनावश्यक विभाजन सिर्जना गरेको निष्कर्षमा पुगिएको बताए। उनले फुटबललाई एकताबद्ध र समृद्ध बनाउने उद्देश्य नै फिफाको प्राथमिकता भएकाले उक्त योजना अघि नबढाइने स्पष्ट पारे।

फिफाले भने यसअघि यो योजनाबाट प्राप्त हुने अर्बौं डलर विश्वभर फुटबल विकासमा खर्च गरिने दाबी गरेको थियो। सदस्य राष्ट्रहरूले प्रस्ताव स्वीकृत गरे प्रत्येक संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराइने प्रतिबद्धता पनि फिफाले जनाएको थियो।

तर‚ विरोध क्रमशः बढ्दै गयो। यूईएफएका ५५ सदस्य राष्ट्रहरूले प्रस्ताव फिर्ता नभएसम्म फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरे। उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) ले पनि योजना अस्वीकार गर्‍यो।

यसैगरी, ४७ सदस्य रहेको एसियाली फुटबल महासंघ (एएफसी) ले यूईएफए र कन्काकाफसँग ऐक्यबद्धता जनायो। यी तीनै महासंघअन्तर्गत कुल १४३ राष्ट्रिय फुटबल संघ रहेका छन्, जुन फिफाका २११ सदस्यमध्ये बहुमत हो। त्यसैले प्रस्ताव पारित हुने सम्भावना कमजोर बनेको थियो।

योजनाको विरोध फिफाभित्र पनि देखियो। अध्यक्ष इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले फुटबलका लागि खराब सम्झौता भन्दै तत्काल राजीनामा दिए। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामुरले पनि यो योजना एक व्यक्तिको निर्णय भएको आरोप लगाउँदै कर्मचारीहरूलाई भ्रममा पारिएको बताएका छन्।

५६ वर्षीय इन्फान्टिनो आगामी वर्ष पुनः अध्यक्ष पदका लागि चुनाव लड्ने तयारीमा छन्। उत्तर अमेरिकी फुटबल महासंघका प्रमुख भिक्टर मोन्टाग्लियानीले उनलाई चुनौती दिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यता बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले इन्फान्टिनो फिफाको नेतृत्वका लागि उपयुक्त व्यक्ति नभएको टिप्पणी गरेका छन्। फिफाले यसअघि विश्वकप तथा अन्य प्रतियोगिताको व्यावसायिक व्यवस्थापनका लागि २० अर्ब अमेरिकी डलर मूल्यांकन गरिएको फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नामक सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव अघि सारेको थियो।

अमेरिकी लगानी कम्पनी थ्राइभ क्यापिटल अन्तर्गतको थ्राइभ इटरनल फन्डले सम्भावित लगानीकर्ता समूहको नेतृत्व गर्ने तयारी गरेको बताइएको थियो। उक्त फन्डका संस्थापक जोशुआ कुशनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन्।

अध्यक्ष इन्फान्टिनोसँग राष्ट्रपति ट्रम्पको निकट सम्बन्ध रहेको मानिन्छ। हालै सम्पन्न २०२६ फिफा विश्वकपको सह–आयोजनामा अमेरिका पनि सहभागी थियो। यद्यपि‚ ट्रम्पले निजी लगानीसम्बन्धी प्रस्तावका विषयमा आफूले इन्फान्टिनोसँग कुनै छलफल नगरेको बताएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

शेखरले एसियाली आईटीएफ खेल्ने

शेखरले एसियाली आईटीएफ खेल्ने

नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल