हारसहित फर्किँदै नेपाली टोली
शुक्रबार, १५ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स सिरिजका चारै खेलमा पराजित भएको नेपाली टोली शुक्रबार फर्किँदै छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली अपरान्ह्र साढे ४ बजे फर्किन लागेको हो
टोलीले नामिबियासँग ८ विकेट र ३ रनको हार बेहोरेको थियो। नेदरल्यान्ड्ससँग भने ६ विकेट र ५७ रनको हार बेहोरेको थियो।
योसँगै नेपालले ३२ खेलबाट २४ अंक पुर्याएको छ। अर्को वर्ष दक्षिण अफ्रिका‚ जिम्बाबे र नामिबियामा हुने एकदिवसीय विश्वकपको छनोटका रूपमा लिइएको ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने मौका गुमाएको छ। अब टोलीले ग्लोबल क्वालिफायरमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ।





-1785341744464.jpeg&w=3840&q=75)









