तनवीर अब चितवनको प्रशिक्षक
बुधबार, १३ श्रावण २०८३खेलपाटी संवाददाता
-1785341744464.jpeg&w=3840&q=75)
काठमाडौं। पाकिस्तानी तीव्र गतिका पूर्वबलर सोहेल तनवीर चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
उनले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन हेर्ने भएका हुन्। ४१ वर्षीय तनवीरले यसअघिका दुवै संस्करणको एनपीएल चितवनबाटै खेलेका थिए।
पहिलो संस्करणमा चितवनलाई इलिमिनेटरमा पुर्याउन उनले ८ खेलमा १४ विकेट लिएका थिए। तर, दोस्रो संस्करणमा भने चितवन लिग चरण कट्न सकेन।
उनले ५ इनिङ्समा ८ विकेट मात्र लिन सके।














