मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मंगलबार, १२ श्रावण २०८३खेलपाटी संवाददाता
मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त
Loading ad...
mustang rice ad

काठमाडौं। इटाली राष्ट्रिय फुटबल टोलीलाई पुनः संकटबाट बाहिर निकाल्ने जिम्मेवारी रोबर्टो मान्चिनीले दोस्रोपटक पाएका छन्। करिब तीन वर्षअघि राष्ट्रिय टोलीको जिम्मेवारी छाडेका मान्चिनीलाई फेरि मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको हो।

इटाली फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले मंगलबार मान्चिनीलाई नियुक्त गरिएको घोषणा गरेका हुन्। साथै, क्लाउडियो रानिएरीलाई टोलीको नयाँ प्राविधिक निर्देशक (टेक्निकल डाइरेक्टर) बनाइएको छ।

यसअघि उक्त पदमा नियुक्त भएका पाओलो माल्दिनीले जिम्मेवारी सम्हालेको १६ दिनमै राजीनामा दिएका थिए। ६१ वर्षीय मान्चिनीले सन् २०२१ मा इटालीलाई युरोपियन च्याम्पियनसिप (युरो २०२०) को उपाधि जिताएका थिए।

तर‚ उनले अगस्ट २०२३ मा अप्रत्याशित रूपमा इटालीको प्रशिक्षक पदबाट राजीनामा दिएर दुई सातापछि साउदी अरेबियाको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।

अध्यक्ष मालागोले भने,‘समय निकै सीमित थियो र विभिन्न पक्षलाई विचार गर्दा इटालीको नयाँ प्रशिक्षकका लागि रोबर्टो मान्चिनी नै सबैभन्दा उपयुक्त व्यक्ति हुन्।’

इटाली लगातार तेस्रो पटक फिफा विश्वकपका लागि छनोट हुन असफल भएपछि टोली गम्भीर संकटमा परेको छ। त्यसपछि महासंघका अध्यक्ष गाब्रिएले ग्राभिना र मुख्य प्रशिक्षक जेन्नारो गाट्टुसोले अप्रिलमा पदबाट राजीनामा दिएका थिए।

मान्चिनी पहिलोपटक सन् २०१८ मा इटालीको प्रशिक्षक बनेका थिए। त्यतिबेला इटाली स्विडेनसँग प्लेअफमा पराजित हुँदै २०१८ विश्वकपमा छनोट हुन सकेको थिएन।

उनले युवा खेलाडी र आकर्षक खेलशैलीमार्फत टोलीलाई पुनर्जीवित गरे। त्यसको परिणामस्वरूप इटालीले सन् २०२१ मा वेम्ब्ली रंगशालामा भएको युरो २०२० को फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो।

सन् २०१८ देखि २०२१ सम्म मान्चिनीको नेतृत्वमा इटालीले लगातार ३७ खेल अपराजित रहने विश्व कीर्तिमानसमेत बनाएको थियो। तर‚ सन् २०२२ को विश्वकप छनोट प्लेअफको सेमिफाइनलमा घरेलु मैदानमै उत्तर म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटाली फेरि विश्वकपबाट बाहिरियो।

त्यसपछि पनि उनले केही समय टोली सम्हाले तर अगस्ट २०२३ मा राजीनामा दिए। त्यसपछि उनले साउदी अरेबियाको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाले। सन् २०२४ मा त्यहाँबाट बाहिरिएपछि उनी कतारको अल–सद्द क्लबका प्रशिक्षक बनेका थिए, जहाँबाट उनी गत महिना विदा भएका थिए।

मान्चिनीले यसअघि इन्टर मिलान र म्यानचेस्टर सिटीलाई पनि लिग उपाधि जिताइसकेका छन्। अब मान्चिनीको नेतृत्वमा इटालीले सेप्टेम्बर र अक्टोबरमा हुने यूईएफए नेसन्स लिगमा बेल्जियम, टर्की र फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप

करणले पूरा गरे १०० विकेट

करणले पूरा गरे १०० विकेट