छैटौं खेलमा पनि हार्यो नेपाल

काठमाडौं। नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौं स्थानका लागि भएको खेलमा पनि पराजित भएको छ। मंगलबार कजाखस्तानसँग खेल्दैछ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा कजाखस्तानसँगसँग नेपाल ३–०को सोझो सेटमा पराजित भएको हो। योसँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। यस्तै, कजाखस्तानसँग लिग चरणमा बेहोरेको हारको बदला लिन पनि असफल रह्यो।
नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। मंगलबार सम्पन्न खेलमा भने नेपालले १८–२५‚२५–२७ र २०–२५ को हार बेहोर्यो। प्रतियोगितामा नेपालको यो छैटौं हार हो।
नेपाल दोस्रो खेलमा श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको थियो। तेस्रो खेलमा भने आयोजकले ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको थियो।
बंगलादेशविरुद्ध ३–२ को सेटमा पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।










-1785212450734.webp&w=3840&q=75)



