पाँचौं स्थानका लागि खेल्दै नेपाल
मंगलबार, १२ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौं स्थानका लागि मंगलबार कजाखस्तानसँग खेल्दैछ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा उक्त खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। नेपालले यसअघिका लिग चरणणका पाँचौं खेलमा बेहोरिसकेको छ।
नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। अर्को खेलमा श्रीलंकासँग नेपाल सोही सेटमा पराजित भएको हो। तेस्रो खेलमा भने आयोजकले ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको थियो।
बंगलादेशविरुद्ध ३–२ को सेटमा पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।









-1785212450734.webp&w=3840&q=75)




