काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काठमाडौं। केप भर्डेका मिडफिल्डर सिड्नी लोपेस काब्रालले २०२६ फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड जित्दै इतिहास रचेका छन्।
अर्जेन्टिनाविरुद्ध उनले गरेको अविश्वसनीय गोल विश्वभरका समर्थकहरूको मतका आधारमा प्रतियोगिताको उत्कृष्ट गोल घोषित भएको हो। मियामीमा सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले अर्जेन्टिनाको सामना गरेको थियो।
खेल अतिरिक्त समयमा पुगेपछि काब्रालले टाढाबाट प्रहार गरेको उत्कृष्ट घुमाउरो शट गोलरक्षकलाई स्तब्ध पार्दै जाली चुमायो र टोलीलाई २–२ को बराबरीमा फर्काए।

यद्यपि‚ अन्तिम नतिजामा अर्जेन्टिना ३–२ ले विजयी भयो। काब्रालको समनदार गोल भने विश्वकपकै सबैभन्दा अविस्मरणीय क्षणमध्ये एक बन्यो। फिफाका अनुसार विश्वभरका समर्थकहरूको मतदानमा काब्रालको गोलले सबैभन्दा धेरै मत प्राप्त गर्दै ‘गोल अफ द टुर्नामेन्ट’ को उपाधि जित्यो।
यससँगै पहिलो पटक विश्वकप खेलेको केप भर्डेका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ। यसअघि पनि ‘गोल अफ द टुर्नामेन्ट’ को राउन्ड अफ ३२ चरणको मतदानमा काब्रालको गोल सहज रूपमा उत्कृष्ट घोषित भएको थियो।
अन्तिम चरणको मतदानमा पनि शीर्ष स्थान कायम राख्दै उनले सम्पूर्ण प्रतियोगिताकै उत्कृष्ट गोलको सम्मान आफ्नो नाममा लेखाए। यो अवार्डसँगै केप भर्डेको पहिलो विश्वकप यात्रा अझ स्मरणीय बनेको छ। काब्रालको यो उत्कृष्ट गोल अब विश्वकप इतिहासका चर्चित र उत्कृष्ट गोलहरूमध्ये एकका रूपमा स्मरण गरिनेछ।





-1785212450734.webp&w=3840&q=75)







