सान्त्वना जितको खोजिमा नेपाल
बुधबार, १३ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको अन्तिम खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
युट्रेक्टमामा हुने यी दुईबीचको खेल २:४५ बजेदेखि सुरु हुनेछ। नेपालले यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। त्यसैले नेपाल सान्त्वना जितको खोजिमा हुनेछ।
नामिबियासँग ८ विकेट र ३ रनले पराजित भएको नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेलमा ६ विकेटको हार बेहोरेको छ। ३१ खेलबाट २४ अंक रहेको नेपाल छैटौं स्थानमा छ। शृङ्खलामा नेदरल्यान्ड्सले भने अपराजित छ। ३० खेल खेलेको नेदरल्यान्ड्स ३६ अंकसहित तेस्रो स्थानमा छ।















-1785212450734.webp&w=3840&q=75)