मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्यायमा परेका एम्बोलो

मंगलबार, १२ श्रावण २०८३खेलपाटी संवाददाता
अन्यायमा परेका एम्बोलो
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व फुटबलका नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले स्विट्जरल्यान्डका अग्रपङ्क्तिका खेलाडी ब्रिल एम्बोलोलाई यस महिना अर्जेन्टिनाविरुद्ध भएको विश्वकपको अन्तिम आठको खेलमा मैदानबाट निकाल्ने निर्णय नियमअनुसार नभएको स्पष्ट पारेको छ।

कान्सास सिटीमा भएको उक्त खेलको दोस्रो हाफमा दुवै टोली १–१ को बराबरीमा रहेका बेला एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि थपिएको समयमा अर्जेन्टिनाले दुई गोल गर्दै ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो।

घटनाअनुसार अर्जेन्टिनाका खेलाडी लिएन्ड्रो पारेडेससँगको चुनौतीपछि एम्बोलो मैदानमा लडेका थिए। खेल सञ्चालन गरिरहेका रेफ्री जोआओ पिन्हेइरोले सुरुमा पारेडेसलाई पहेँलो कार्ड देखाएका थिए।

तर‚ भिडियो सहायक रेफ्री (भीएआर) बाट पारेडेसले कुनै गल्ती नगरेको जानकारी पाएपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेका थिए। एम्बोलो नाटक गरेर लडेको ठहर गर्दै पहेँलो कार्ड दिएका थिए। यो उनको दोस्रो पहेँलो कार्ड भएकाले उनी मैदानबाट बाहिरिन बाध्य भएका थिए।

तर‚ आईएफएबीले मंगलबार जारी गरेको परिपत्रमा भीएआरको प्रयोग गलत खेलाडीलाई कार्ड देखाइएको अवस्था पहिचान गर्न मात्र गर्न मिल्ने, तर गल्तीको प्रकृति परिवर्तन गर्न वा त्यसको पुनः समीक्षा गर्न नमिल्ने स्पष्ट पारेको छ।

आईएफएबीले भनेको छ,‘दोस्रो पहेँलो कार्डबाहेकका सामान्य पहेँलो कार्डको समीक्षा गलत खेलाडीलाई कारबाही गरिएको हो वा होइन भन्ने पहिचान गर्नका लागि मात्र गर्न सकिन्छ। गल्तीको प्रकार परिवर्तन गर्न वा त्यसको पुनः मूल्यांकन गर्न पाइँदैन।’

आईएफएबीले विश्वकप २०२६ मा नाटक गरेर लडेको घटनामा गलत खेलाडी पहिचानसम्बन्धी व्यवस्था प्रयोग गरिएको अभ्यासलाई सकारात्मक रूपमा लिइएको जनाएको छ। तर‚ भीएआरसम्बन्धी नियमको विस्तृत समीक्षा पूरा नभएसम्म त्यसलाई आधिकारिक रूपमा लागू नगरिने पनि स्पष्ट पारेको छ।

स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुरात याकिनले एम्बोलोलाई मैदानबाट निकाल्ने निर्णयको आधार बनेको नियमलाई अस्वीकार्य भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भने,‘आजको खेल यही निर्णयले बिगारिदियो। हामीले यसलाई स्वीकार गर्नुपर्छ, तर यस्तो तरिकाले हार्नु निकै दुःखद् हो।’ यस हारसँगै स्विट्जरल्यान्ड पहिलो पटक विश्वकपको अन्तिम चारमा पुग्ने अवसरबाट वञ्चित भएको थियो।

उता, साबिक विजेता अर्जेन्टिना भने उपाधि भिडन्तमा स्पेनसँग पराजित हुँदै लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा असफल भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप