बंगलादेश फर्किए अनन्त
बिहिबार, १४ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो। यो उनको तेस्रो विदेशी क्लब हो। उनले यसअघि पनि यही क्लबबाट लिग खेलेका थिए। यीबाहेक मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन्। एन्फा एकेडेमीका उत्पादन रहेका अनन्तले थ्री स्टार र चर्च ब्वाइजस्ता क्लबाट घरेलु लिग खेलेका छन्।
उनले आफ्नो कप्तानीमा ललितपुर सिटी एफसीलाई ‘ब्याक टू ब्याक’ नेपाल सुपर लिगको उपाधि दिलाएका थिए। यस्तै, चर्च ब्वाइजलाई पनि पहिलो सिजनमै ‘ए’ डिभिजन लिगको उपाधि दिलाएका थिए।





-1785385039139.webp&w=3840&q=75)



-1785341744464.jpeg&w=3840&q=75)


