बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चम्किएका सन

बिहिबार, १४ श्रावण २०८३खेलपाटी संवाददाता
चम्किएका सन
Loading ad...
mustang rice ad

काठमाडौं। दक्षिण कोरियाली स्टार सन ह्युङ–मिनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि एमएलएस अल स्टार्सले लिगा एमएक्स अल स्टार्सलाई ४–३ ले पराजित गरेको छ।

बैंक अफ अमेरिका स्टेडियममा ३५ हजार १९७ दर्शकमाझ सम्पन्न खेलमा सनले पहिलो हाफमै तीन मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई जिततर्फ डोर्‍याए। दुवै गोलका लागि कार्लेस गिलले असिस्ट प्रदान गरेका थिए।

दुवै गोलपछि सनले आफ्नो चर्चित ‘क्यामेरा सेलिब्रेसन’ गर्दै खुसी साटेका थिए। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए।

खेलपछि सनले भने‚‘मेरो वरिपरि उत्कृष्ट खेलाडीहरू थिए, जसले मेरो काम सहज बनाइदिए। दुई गोल गर्न पाउनु आजको रातलाई अझ विशेष बनायो।’

एमएलएसका फिलिप जिन्करनागेल र एभान्डर दा सिल्भा फेरेराले पनि एक–एक गोल गरे। खेलको १०औं मिनेटमा लुइस गाब्रिएल रेयले हेडरमार्फत गोल गर्दै लिगा एमएक्सलाई अग्रता दिलाएका थिए।

तर‚ त्यसपछि सनले २०औं मिनेटमा बराबरी गोल गरे र त्यसको केही मिनेटमै दोस्रो गोल गर्दै एमएलएसलाई अग्रता दिलाए। ४२औं मिनेटमा जिन्करनागेलले रिबाउन्डमा गोल गर्दै पहिलो हाफ ३–१ को अवस्थामा पुर्‍याए।

दोस्रो हाफको सुरुआतमै सलोमन रोन्डोनले गोल गर्दै लिगा एमएक्सलाई ३–२ मा ल्याए। तर‚ ५८औं मिनेटमा फेरेराले गोल गर्दै एमएलएसलाई पुनः दुई गोलको अग्रता दिलाए। इन्जुरी समयमा होसे पार्डेलाले अर्को गोल गरे पनि लिगा एमएक्स हार टार्न सकेन।

मेसी अनुपस्थित

इन्टर मियामीका कप्तान लिओननल मेसी यस खेलमा सहभागी भएनन्। अर्जेन्टिनाले विश्वकपमा फाइनलसम्मको लामो यात्रा तय गरेकाले उनलाई विश्राम दिइएको थियो।

मेसी र उनका टोलीका सहकर्मी रोड्रिगो डे पाउललाई मेजर लिग सकर (एमएलएस) ले आधिकारिक रूपमा अनुपस्थित रहने अनुमति दिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किएका सन

चम्किएका सन

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्

तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल