सन्तोष भुटान फर्किए
बिहिबार, १४ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–२३ राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री पुन: भुटानी लिगमा फर्किएका छन्।
उनलाई ट्रान्सपोर्ट युनाइटेड एफसीले अनुबन्ध गरेको हो। सनन्तोष विभागीय टोली एपीएफ क्लबमा अनुबन्ध थिए।
उनले यसअघि ललित सिटी एफसी, चर्च बोइज युनाइटेड, इलाम डे मेचीजस्ता क्लबबाट खेलिसकेका छन्।
ट्रान्सपोर्ट जारी सिजनमा तेस्रो स्थानमा छ। ११ खेल खेलेको टोलीले ७ जित‚ १ बराबरी र ३ हारसहित २२ अंक जोडेको छ।









-1785341744464.jpeg&w=3840&q=75)


