गीता पनि भुटानी लिगमा
बिहिबार, १४ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर गीता रानाले भुटानी लिग खेल्ने भएकी छन्।
उनलाई ट्रान्सपोर्ट युनाइटेड एफसीले अनुबन्ध गरेको हो। उनी विभागीय टोली एपीएफ क्लबमा अनुबन्ध थिइन्। तर, एन्फा महिला लिगमा एपीएफले एक खेल पनि खेल्न पाएको थिएनन्।
एन्फाले सूचना निकाल्दै लिग अनिश्चितकालका लागि बन्द गरेको थियो। त्यसयता नेपालमा फुटबल हुन सकेको छैन।
ट्रान्सपोर्ट जारी लिगमा तेस्रो स्थानमा छ। ९ खेल खेलेको ट्रान्सपोर्टले ६ जित, २ बराबरी र एक हारसहित २० अंक जोडेको छ।










-1785385039139.webp&w=3840&q=75)

