शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

शुक्रबार, १५ श्रावण २०८३खेलपाटी संवाददाता
नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !
Loading ad...
mustang rice ad

काठमाडौं। नेदरल्यान्ड्समा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार चार खेल गुमाएपछि टोलीका कप्तान रोहित पौडेलले ब्याटिङ र फिल्डिङमा देखिएको कमजोरी नै असफलताको प्रमुख कारण रहेको स्वीकार गरेका छन्।

शृङ्खलापछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेकोमा निराशा व्यक्त गर्दै हारको जिम्मेवारी युरोपेली कन्डिसनलाई दिएर उम्कन नमिल्ने बताए।

“कन्डिसन एउटा कारण थियो, तर त्यसलाई मात्रै बहाना बनाउन मिल्दैन। हाम्रो ब्याटिङमा अपेक्षित इन्टेन्ट देखिएन। साथै, हाम्रो स्तरअनुसारको फिल्डिङ पनि हुन सकेन,” उनले भने। टोलीले नामिबियासँग ८ विकेट र ३ रनको हार बेहोरेको थियो। नेदरल्यान्ड्ससँग भने ६ विकेट र ५७ रनको हार बेहोरेको थियो।

योसँगै नेपालले ३२ खेलबाट २४ अंक पुर्‍याएको छ। अर्को वर्ष दक्षिण अफ्रिका‚ जिम्बाबे र नामिबियामा हुने एकदिवसीय विश्वकपको छनोटका रूपमा लिइएको ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने मौका गुमाएको छ। अब टोलीले ग्लोबल क्वालिफायरमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ।

उनका अनुसार चारै खेलमा नेपालको ब्याटिङ कमजोर रह्यो भने फिल्डिङमा छुटेका महत्त्वपूर्ण क्याच र अवसरले पनि खेलको नतिजा प्रभावित बनायो। “एक खेलमा दुई–तीन वटा क्याच छुट्दा त्यही ब्याटरले खेल जिताउन सक्छ। त्यसैले फिल्डिङले पनि ठूलो प्रभाव पार्छ,” उनले भने।

पौडेलले युरोपेली विकेट र घरेलु कन्डिसनबीचको फरकमा टोलीले आफूलाई पर्याप्त रूपमा अनुकूल बनाउन नसकेको स्वीकार गरे। विशेषगरी विपक्षी टोलीले लगातार प्रयोग गरेको सर्ट बल रणनीतिलाई नेपाली ब्याटरले प्रभावकारी रूपमा सामना गर्न नसक्दा दबाबमा परेको उनको भनाइ थियो।

“अन्तर्राष्ट्रिय क्रिकेटमा चुनौती स्वीकार गरेर खेल्नुपर्छ। विपक्षी टोली पनि त्यही विकेटमा खेलिरहेको हुन्छ। सर्ट बललाई कसरी ट्याकल गर्ने भन्नेमा मानसिक रूपमा अझ बलियो हुन आवश्यक छ,” उनले भने।

उनले पहिलो खेलमा राम्रो साझेदारी बने पनि महत्त्वपूर्ण क्षणमा त्यसलाई ठूलो स्कोरमा रूपान्तरण गर्न नसक्दा खेल गुमाउनुपरेको उल्लेख गरे। “त्यो समयमा अवसर समात्न सकेको भए २१०–२२० रनसम्म पुग्न सक्थ्यौं, जुन लक्ष्य पछ्याउन निकै कठिन हुने थियो,” उनले विश्लेषण गरे।

सन्दीपलाई बाहिर राख्ने निर्णय कठिन थियो

शृङ्खलाको अन्तिम खेलमा प्रमुख लेग स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्ने निर्णयबारे पनि कप्तान पौडेलले प्रतिक्रिया दिएका छन्। उनले टोली संयोजनका कारण उक्त निर्णय लिनुपरेको स्पष्ट पारे।

“सन्दीप हाम्रो मुख्य बलर हुन्। सात–आठ वर्षदेखि निरन्तर टोलीका लागि खेलिरहेका छन्। उहाँलाई बाहिर राख्ने निर्णय निकै कठिन थियो। तर टोलीको संयोजनका कारण यस्तो निर्णय लिनुपर्‍यो,” उनले भने।

उनले खेलाडीहरूले टोलीको आवश्यकतालाई सकारात्मक रूपमा स्वीकार गरेको उल्लेख गर्दै व्यक्तिगतभन्दा टोलीको हित नै सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

ओडीआई मान्यता जोगाउने लक्ष्य

नेदरल्यान्ड्स भ्रमणमा निराशाजनक प्रदर्शन गरेसँगै नेपालको लिग-२ को शीर्ष चारमा स्थान बनाउने सम्भावना लगभग समाप्त भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार लिग-२ का शीर्ष चारमा रहने टोलीले सिधै ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। तर, ग्लोबल क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित नेदरल्यान्ड्स उडेको टोलीको लगातारका हारले त्यो बाटो कठिन बनाएको छ। अब नेपालले सम्भवतः डिसेम्बर २०२६ मा आयोजना हुने ओडीआई विश्वकप क्वालिफायर प्ले-अफ खेल्नुपर्ने अवस्था देखिएको छ।

यता, लिग-२ मा ३२ खेलबाट ४३ अंकसहित शीर्षस्थानमा रहेको अमेरिकाले त्यो अवसर हासिल गरिसकेको छ। त्यसबाहेक स्कटल्यान्डसँगै नेदरल्यान्ड्स, ओमान, नामिबिया र क्यानडा शीर्ष चारको प्रतिस्पर्धामा छन्।

नेदरल्यान्ड्सले ३१ खेलबाट ३८, स्कटल्यान्डले ३२ खेलबाट ३८, ओमानले २८ खेलबाट ३१ अंक पुर्‍याएका छन्। पाँच खेल खेल्न बाँकी नेदरल्यान्ड्स र चार खेल खेल्न बाँकी स्कटल्यान्ड भने लिग-२ को शीर्ष चारमा स्थान सुरक्षित गर्ने अवस्थामा छन्। योसँगै विश्वकप ग्लोबल क्वालिफायरको समीकरण थप स्पष्ट बनेको छ।

हालसम्मको अवस्था हेर्दा विश्वकप ग्लोबल क्वालिफायरका सम्भावित टोलीमा वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्डको स्थान लगभग निश्चित देखिएको छ। बाँकी एक स्थानका लागि भने ओमान, नामिबिया र क्यानडाबीच प्रतिस्पर्धा हुने सम्भावना छ।

यसका अतिरिक्त क्वालिफायर प्ले-अफबाट आउने चार टोलीले पनि विश्वकप यात्राको सम्भावना जीवित राख्नेछन्। लिग-२ मा पाँचौँदेखि आठौँ स्थानमा रहने टोली क्वालिफायर प्ले-अफमा जानुपर्नेछ। अहिले यस स्थानमा नामिबिया, नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। नामिबियाको ३१ खेलबाट २६ र नेपालको समान खेलबाट २४ अंक छ। क्यानडाको २८ खेलबाट २४ अंक रहँदा २४ खेल खेलेको यूएई भने १४ अंकसहित अंकतालिकाको पुछारमा छ।

यी टोलीले च्यालेन्ज लिगका शीर्ष चार टोलीसँग प्रतिस्पर्धा गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। च्यालेन्ज लिगको समूह ‘ए’ मा जर्सी १७ अंकसहित शीर्षस्थानमा छ भने कुवेत १४ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै, अर्को समूहमा युगान्डा १८ अंक र इटाली १६ अंकसहित शीर्ष चारको दौडमा अगाडि छन्।

ग्लोबल क्वालिफायरबाट उत्कृष्ट प्रदर्शन गर्ने चार टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। तर, नेपालका लागि अहिले प्राथमिकता विश्वकप छनोटको दौडभन्दा पनि आफ्नो ओडीआई मान्यता जोगाउनु बनेको छ।

क्वालिफायर प्ले-अफ खेल्नुपर्ने अवस्था निश्चित भएसँगै नेपाली टोलीको लक्ष्य पनि परिवर्तन भएको छ। अब लिग-२ को अन्तिम शृंखलामा शीर्ष ६ भित्र रहँदै एकदिवसीय मान्यता कायम राख्नु नै नेपालको मुख्य उद्देश्य हुनेछ। पौडेलले अब ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने लक्ष्य रहेको बताए।

“यी चार हारले असर त पर्छ। दुई खेल जित्न सकेको भए अवस्था फरक हुन सक्थ्यो। अब बाँकी खेलमा राम्रो नतिजा निकालेर ओडीआई स्टाटस जोगाउन चाहन्छौं,” उनले भने।

नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै उनले टोलीभन्दा समर्थक कम निराश भएको भन्दै आगामी शृङ्खलामा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान