बिर्तामोड युनाइटेड च्याम्पियन

मेचीनगर। बिर्तामोड युनाइटेड झापाले प्रथम दीपज्योति काँकरभिट्टा च्यालेन्ज कप २०८३ को उपाधि जितेको छ।
काँकरभिट्टा खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपीएफ पकलीलाई १–० ले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि उठाएको हो। योसँगै उसले नगद १ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्यो।
यता‚ उपविजेता बनेको एपीएफ पकलीले ५० हजार ५ सय ५० रुपैयाँमा चित्त बुझायो। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोडको जितेको नायक सुवास विक बने। उनले खेलको पहिलो हापको अन्त्यतिर गरेको गोल नै टिमको जितको आधार बन्यो।
बनाउन सफल सुवास ‘प्लेअर अफ द म्याच’ घोषित भए। विजेता टिमका आशिष चापागाईं प्रतियोगितामा ४ गोल गर्दै हाइस्कोरर बने। उत्कृष्ट गोलकिपर अभिषेक बराल र उत्कृष्ट डिफेन्डर दिवस उराँव घोषित भए। त्यस्तै‚ ‘प्लेअर अफ द टुर्नामेन्ट’ एपीएफका श्याम मुर्मु घोषित हुँदा उदयीमान खेलाडी खेलाडी आयोजक टिमका राजु दर्जी घोषित भए।
यी सबै खेलाडीले जनही नगद पाँच हजार प्राप्त गरे। साउन ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजकसहित नेपालका ६ र भारतका २ गरी आठ टोली सहभागी थिए।






-1785576703600.jpeg&w=3840&q=75)


-1785598621142.jpeg&w=3840&q=75)


