सोमपाल टिममा अटेनन्
सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पेसर सोमपाल कामी टोलीबाट बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार टप इन्ड टी–२० प्रतियोगिता, त्यसपछि अस्ट्रेलियामै साउथ अस्ट्रेलिया‚ तास्मानिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध मैत्रीपूर्ण सिरिज र एसीसी प्रिमियर कप खेल्ने दुई टोली घोषणा गरेको छ।
टप इन्ड टी–२० प्रतियोगिता, त्यसपछि अस्ट्रेलियामै साउथ अस्ट्रेलिया‚ तास्मानिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध मैत्रीपूर्ण सिरिजमा क्यानले ‘ए’ टोली पाउने छ। उक्त टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्। एसीसी प्रिमियर कपमा भने सन्दीप लामिछानेले कप्तानी गर्नेछन्।
तर, अस्ट्रेलिया र मलेसियामा हुने दुवै प्रतियोगितामा सोमपाल अटाउन सकेनन्।





-1786377986381.jpeg&w=3840&q=75)

-1786375219720.jpg&w=3840&q=75)


-1786356600323.jpeg&w=3840&q=75)

