टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने
सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। टप इन्ड टी–२० प्रतियोगितामा नेपालले ‘ए’ टोलीलाई पठाउने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घटुवा भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार अस्ट्रेलियाको डार्विनमा २१–३० अगस्टमा हुने टप इन्ड टी–२० प्रतियोगितामा ‘ए’ टिम पठाउने निर्णय गरेको हो। त्यसपछि अस्ट्रेलियामै साउथ अस्ट्रेलिया‚ तास्मानिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध मैत्रीपूर्ण सिरिज हुँदैछ।
सिनियर टोलीले भने ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कप खेल्दैछ। ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।
टोलीमा कुशल भुर्तेल‚कुशल मल्ल‚नारायण जोशी‚ विपिन खत्री‚ त्रित राज दास‚पवन सराफ‚ लोकेस बम‚ आकाश चन्द‚ युवराज खत्री‚ मयन यादव‚ दीपक डुम्रे‚ रसिद खान‚ साहब आलम र रिजन ढकाल छन्।





-1786377986381.jpeg&w=3840&q=75)

-1786375219720.jpg&w=3840&q=75)


-1786356600323.jpeg&w=3840&q=75)

