राखेप बोर्ड सदस्यमा धनीराम र ललिता
सोमबार, २५ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो।
दुवैको कार्यकाल ४ वर्षको हुनेछ। उनीहरुलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरे।









-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)

-1786356600323.jpeg&w=3840&q=75)
