हाप्किडो टोली कोरिया प्रस्थान
बिहिबार, ०४ भाद्र २०८३खेलपाटी संवाददाता
-1787235818152.jpeg&w=3840&q=75)
काठमाडौं। ११औं विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ। अगष्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुष ८०–८४ केजीमा दीपक छन्त्याल तथा महिला ४८–५२ केजीमा मेग्मा गुरुङले प्रतिस्पर्धा गर्ने छन्। थाइल्यान्डमा भएको गत संस्करणमा मेग्माले रजत जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन्।
हाप्किडोको विश्व च्याम्पियनसिप २ वर्षको अन्तरालमा हुने गरेको छ। खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन शाहीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे।









-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)


