पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

काठमाडौँ। नेपालको पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता ‘एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता’ आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने भएको हो।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको प्रवर्द्धन ‘एक्सट्रिम इनर्जी ड्रिंक’ले गरेको छ।
‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरइालाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले लक्ष्य लिएको छ।
यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंक नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। हालैका दिनहरूमा कम्पनीले क्रिकेटलगायत विभिन्न खेलहरूसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।
पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकर्षया बन्ने देखिएको छ। दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबिच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रत्रिनधित्व गर्नेसम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ।





-1787235818152.jpeg&w=3840&q=75)



-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)


