पौडेल सचिवमा मनोनित
शुक्रबार, ०५ भाद्र २०८३खेलपाटी संवाददाता
-1787319995169.jpeg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्र पौडेल दसौं राष्ट्रिय खेलकुद कार्य सम्पादन समितिको सचिवमा मनोनित भएका छन्।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन प्रक्रियालाई सरल, पारदर्शी र मितव्ययी बनाइ खेलकुदलाई मर्यादित, स्वच्छ, निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गर्न बनेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिमा भएको व्यवस्था बमोजिम पौडेललाई सचिव पदमा मनोनित गरिएको हो।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले पौडेललाई शुक्रबार पत्र हस्तान्तरण गरे। दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म हुनेछ।





-1787235818152.jpeg&w=3840&q=75)




-1787313945913.jpeg&w=3840&q=75)



