देवको शतकमा नेपालको लगातार जित
शुक्रबार, ०५ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। देव खनालको शतकसँगै नेपालले अभ्यास खेलमा कर्नाटकलाई ५ विकेटले पराजित गरेको छ।
कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा नेपालले यही टोलीलाई ११६ रनले पाखा लगाएको थियो।
नेपालका देवले उत्कृष्ट ब्याटिङ गर्दै ११३ बलमा अविजित १०० रन बनाए। उनले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै, आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ तथा बसिर अहमदले अविजित २२ रनको योगदान दिए।
कर्नाटकका एल बनुर, आदित्य गोयाल, अरविन्दकुमार राई, रितेश भटकल र चिरन्थ शिवरुद्रले समान १ विकेट लिए।










-1787319995169.jpeg&w=3840&q=75)
-1787313945913.jpeg&w=3840&q=75)
