शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

शनिबार, ०६ भाद्र २०८३खेलपाटी संवाददाता
स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश
Loading ad...
mustang rice ad

काठमाडौं। अस्ट्रेलियाविरुद्धको टेस्टमा बंगलादेशको ब्याटिङ फेरि एकपटक निराशाजनक देखिएको छ।

मिचेल स्टार्कको घातक बलिङसामु निरीह बनेको बंगलादेश पहिलो इनिङ्समा मात्र ६४ रनमा अलआउट भएको हो। स्टार्कले बंगलादेशको शीर्षक्रमलाई ध्वस्त पार्ने क्रममा मात्र २२ बलमा ५ विकेट लिएका थिए।

उनले कुल १२ रन खर्चेर ६ विकेट हात पारे। उनको आक्रामक सुरुआतका कारण बंगलादेशले सुरुदेखि नै लगातार विकेट गुमाउँदै गयो। इनिङ्सको पहिलो बलमै स्टार्कले सादमान इस्लामलाई क्यामरन ग्रीनको हातबाट क्याच गराउँदै पभेलियन फर्काए।

त्यसपछि अर्को ओभरमा लगातार दुई बलमा तान्जिद हसन तमीम र नजमुल हुसेन शान्तलाई आउट गरे। बंगलादेशका सुरुआती तीन ब्याटर नै खाता खोल्न नपाउँदै आउट भएपछि टोली दबाबमा परेको थियो।

स्टार्कले त्यसपछि मुमिनुल हकलाई ९ रनमा आउट गरे। विकेटकिपर ब्याटर लिटन दास पनि पाँच बल सामना गर्दै शून्य रनमै पभेलियन फर्किए। एक समय बंगलादेशको अवस्था १४ रनमा पाँच विकेट गुमाएको थियो।

मुशफिकुर रहिमले केही समय अस्ट्रेलियाली बलिङको सामना गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ४० भन्दा बढी बल खेले पनि प्याट कमिन्सको भित्रतर्फ आएको बलमा ५ रनमै बोल्ड भए। त्यसपछि मेहदी हसन मिराज र हसन महमुदले केही प्रतिरोध गर्दै टोलीलाई लन्चसम्म थप क्षती हुन दिएनन्।

लन्चपछि भने बंगलादेशले पुनः छिटोछिटो विकेट गुमाउन थाल्यो। मिराज ११ रनमा आउट भएपछि उनी बंगलादेशका एकमात्र दोहोरो अंकमा पुग्ने ब्याटर थिए। त्यसपछि ३८ रनमा हसन महमुद र ३९ रनमा तास्किन अहमद आउट भएपछि बंगलादेश आफ्नो सबैभन्दा कम टेस्ट स्कोरमा समेटिने जोखिममा पुगेको थियो।

तर‚ शरीफुल इस्लाम र ताइजुल इस्लामले अन्तिम विकेटका लागि २५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई ठूलो लज्जाबाट जोगाए। प्याट कमिन्सलाई शरीफुलले प्रहार गरेको चौकासँगै बंगलादेशको स्कोर ४३ रन पुगेको थियो। यही रनमा अलआउट भएको भए बंगलादेश आफ्नो टेस्ट इतिहासकै न्यूनतम ४३ रनको स्कोरसँग बराबरी गर्ने थियो।

शरीफुलले १४ रन बनाएर बंगलादेशका सर्वाधिक रन बनाउने ब्याटर बने भने ताइजुलले ११ रन जोडे। अन्ततः बंगलादेश ६४ रनमा अलआउट भयो।

बंगलादेशको टेस्ट इतिहासमा सबैभन्दा कम स्कोर ४३ रन हो। त्यसपछि ५३ र ६२ रन उसका क्रमशः दोस्रो र तेस्रो न्यूनतम स्कोर हुन्। ६४ रनमा अलआउट भएपछि बंगलादेशले यी दुवै खराब कीर्तिमानभन्दा तल झर्नबाट भने आफूलाई जोगाएको छ।

अस्ट्रेलियाका लागि भने स्टार्कको प्रदर्शन विशेष रह्यो। उनले एक्लैले ६ विकेट लिएर बंगलादेशको ब्याटिङलाई तहसनहस पारे र अस्ट्रेलियालाई टेस्टमा बलियो स्थितिमा पुर्‍याएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

Loading ad...
xTreme Energy Drink
स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित