बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

मंगलबार, ११ कार्तिक २०८२Admin User
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा
mustang rice ad

बाँके । दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगितामा सात प्रदेशका करिब २ सय खेलाडीले ५६ वटा विधामा प्रतिस्पर्धा गर्ने पक्का भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ ।

प्रतियोगितामा देशभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । ८ वर्ष मुनिको उमेर समूहका खेलाडीले २५ मिटर दुरीमा, १० वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै १२ र १४ वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्ला उमेर समूहका खेलाडीले २०० र ४०० मिटर दुरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।  

आयोजक क्लबले प्रतियोगितामा सहभागिताका लागि आबेदन खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने छन् । प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीले एक हजार पाँच सय शुल्क तिर्नु पर्नेछ । करिब १ सय जना खेलाडिले अनलाइन फम भरी सकेका छन् ।  

नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजक क्लबले नेशनल स्वीमिङ्ग टेक्निकल अफिसियल्स (रेफ्री, जज) क्लिनिक संचालन पनि गर्दैछ । क्लिनिकमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका ३५ जना रेफ्री, जज सहभागी हुने छन् । बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

nepalgunj national swimming 01

प्रतियोगिताको तयारीका लागि नेपाल पौडी संघका टेक्निकल हेड बिष्णु खड्का सहित ३ जना प्राविधिक नेपालगञ्ज पुगिसकेका छन् ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उप महानगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनी लगायत विभिन्न व्यापारिक प्रतिष्ठान, अस्पताल, इन्सुरेन्स कम्पनीका अतिरिक्त खेलप्रेमी, उद्यमी ब्यबसायीले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगिता आयोजना गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष न्यौपानेले बताएका छन् । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक