आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

आइतबार, १४ भाद्र २०८३खेलपाटी संवाददाता
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा
Loading ad...
mustang rice ad

काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी)लाई अनुबन्ध गरेको छ।

अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको इंख दोस्रो मंगोलियन खेलाडी हुन्। यसअघि नै अन्नपुर्णले मंगोलिया राष्ट्रिय टिममा स्टार आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरिसकेको छ।

२६ वर्षीय अपोजित हिटर इंख एर्डेन मंगोलिया राष्ट्रिय टिमको सदस्य हुन्। उनीसँग मंगोलियाको लिग देखि दक्षिण कोरिया र इराकमा समेत क्लब लेभलमा खेलेको अनुभव छ।

उनले केही समयअघि मात्रै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए।

६ फिट ६ इन्च अग्ला इंख इर्डेनको आगमनले अन्नपूर्ण स्पाइकर किंग्सको अट्याक लाइन अझै मजबुत र सन्तुलित हुने विश्वास छ। उनले सन् २०२२ मा मंगोलियाको मिनजित बुल्गान र २०२४ मा एसजी हवक्सबाट खेलेका थिए। दुवै पटक मंगोलिया प्रिमियर लिगमा कांस्य जितेका थिए।

यस्तै उनले दक्षिण कोरियाको दाइजिओन सामसुङ ब्लुफाङ्ग्स र सुवन केप्को भिक्सटोर्मबाट खेलेका थिए भने इराकको मासाफी अलसेमालबाट पनि खेलेका छन्। अब बाँकी रहेको अर्को विदेशी खेलाडी पनि छिटै घोषणा हुनेछ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको यस टिममा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीको रुपमा छन्। यस्तै गण्डकी प्रदेशकै रमेश केसी टिमको मुख्य प्रशिक्षकमा छन् भने नेपाली पुरुष राष्ट्रिय टिमका पूर्व खेलाडी तथा त्रिभुवन आर्मी क्लबका पनि पूर्व खेलाडी र हालका प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकको रुपमा छन्। यस्तै केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेका राजेन्द्र धामी पनि यस टिममा छन्।

टिमका अन्य खेलाडीहरुमा गण्डकी प्रदेशकै चर्चित खेलाडी रबी केसीदेखि विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी छन्। यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका लिबेरो जित बहादुर शार्की, देव राना पनि टिममा छन ।

यस्तै गण्डकीले युवा खेलाडीहरुलाई समेत स्थान दिने उदेश्य सहित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ। हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान अनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट गरेको हो।

नेपाल भलिबल लिग यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला हाता भित्रको कभर्डहलमा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित