एभरेस्ट वुमन्स भलिबल लिग असोजमा
शनिबार, ३० श्रावण २०८३

काठमाडौं। एभरेस्ट वुमन्स भलिबल लिग (ईएब्लूभीएल) को तेस्रो संस्करण आगामी असोजमा हुने भएको छ।
आयोजकका अनुसार काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुने प्रतियोगिता अक्टोबर १ देखि १०, २०२६ (असोज १५ देखि २४, २०८३) सम्म हुनेछ।
पहिलो संस्करणमा चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यश्वी, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र मधेश युनाइटेड सहभागी थिए। उक्त संस्करणको फाइनलमा ललितपुरलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो।
दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। उक्त संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी लाभास र पोखरा निन्जास थपिएका थिए। उक्त संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराएको थियो।







-1785743764437.jpeg&w=3840&q=75)



-1786693668924.webp&w=3840&q=75)


