कमला र कोपिलाको जोडी च्याम्पियन
मंगलबार, १९ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। काभा महिला बिच भलिबल प्रतियोगिताको छनोटमा कमला पुन र कोपिला रानाको जोडी च्याम्पियन बनेको छ।
भुटानमा आयोजना हुने प्रतियोगिताको घरेलु छनोटको फाइनलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गरेकी हुन्।
यी चारै जनाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।





-1785743764437.jpeg&w=3840&q=75)








