सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

सोमबार, १८ श्रावण २०८३खेलपाटी संवाददाता
नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल भलिबल संघले २०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार नेपालमा सेन्ट्रल एशियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ।

महिला च्याम्पियन्स लिग १ देखि ७ सेप्टेम्बरसम्म काठमाडौंमा हुने तय भइसकेको छ। नेपालले यसअघि २०२४ र २०२६ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो। तर, जेन्जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी थिएन।

नेपाल २०२४ को उपविजेता हो। २०२६ मा भने नेपाल चौथो भएको थियो। अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ।

वार्षिक कार्यक्रमअनुसार राष्ट्रियस्तरमा ३५औं पुरुष तथा २५औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १०औं क्लब भलिबल च्याम्पियनसिप, प्रधानमन्त्री कप, सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग पनि आयोजना गरिनेछ।

त्यसैगरी नेपाली टोलीले जापानमा हुने २०औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबल, भुटानमा हुने बीच भलिबल प्रतियोगिता तथा माल्दिभ्समा हुने बीच भलिबल प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम पनि तय गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

चेल्सी पुगे बार्को

चेल्सी पुगे बार्को

 पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

सलाहलाई अविश्वसनीय प्रस्ताव

सलाहलाई अविश्वसनीय प्रस्ताव

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

स्तब्ध मेसी

स्तब्ध मेसी

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा