नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै
-1785664789305.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालको एकमात्र खेलकुद संग्रहालयले तीन दिने ‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ प्रदर्शनी आयोजना गर्ने भएको छ।
संस्थाको ३३ औं वार्षिकोत्सवको अवसरमा, नेपाल ओलम्पिक म्युजियमका दिवंगत संस्थापकद्वय स्व. क्षितिज अरुण श्रेष्ठ तथा स्व. मञ्जु तुलाधरको योगदानप्रति विशेष श्रद्धासुमन अर्पण गर्दै खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरणमार्फत राष्ट्रिय खेलकुदको पहिचानलाई अझ सुदृढ बनाउने र भावी पुस्तालाई प्रेरित गर्ने मुख्य उद्देश्यका प्रदर्शनी गर्ने गर्न लागेको हो।
उक्त प्रदर्शनी श्रावण १९ देखि २९ गते सम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा हुने आयोजकले जनाएका छन्।
यस ऐतिहासिक प्रदर्शनीमा हामीले नेपालको समृद्ध खेलकुद इतिहास, खेलाडीहरूको योगदान, उपलब्धि तथा ओलम्पिक यात्रालाई एकै स्थानमा प्रदर्शन गर्ने जमर्को गरिएको छ। यस प्रदर्शनीको समुद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबाट गरिनेछ।





-1785079914931.jpeg&w=3840&q=75)








-1785598621142.jpeg&w=3840&q=75)
