सिटीको हार

काठमाडौं। म्यानचेस्टर सिटीमा एक दशकको सफल कार्यकाल पूरा गरेर पेप ग्वार्डियोला क्लबबाट बाहिरिएपछि टोलीले पहिलो पटक मैदान उत्रँदा हार बेहोरेको छ।
हङकङमा भएको मैत्रीपूर्ण खेलमा इन्टर मिलानले टाइब्रेकरमा ३–१ को जित निकाल्दै आसाही सुपर ड्राइ ट्रफी आफ्नो नाममा गर्यो।
जुन महिनामा ग्वार्डियोलाको स्थानमा एन्जो मारेस्का मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा पहिलो खेल खेलेको सिटीले निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा हार बेहोर्नुपर्यो। इन्टरका लागि निर्णायक पेनाल्टी मातेओ लाभेल्लीले सफलतापूर्वक प्रहार गर्दै टोलीलाई उपाधि दिलाए।
खेलको १४औं मिनेटमा एन्टोइन सेमेनियोको गोलबाट सिटीले अग्रता लिएको थियो। त्यसपछि पनि उनले व्यक्तिगत प्रयासमा दोस्रो गोल गर्ने अवसर सिर्जना गरे पनि गोलकिपर जोसेप मार्टिनेजलाई पार गर्न सकेनन्।
केही मिनेटपछि जमाल इद्रिसुको क्रस क्लियर गर्न सिटीका खेलाडी असफल भएपछि बेन्जामिन पाभार्डले पेनाल्टी क्षेत्रनजिकबाट गोल गर्दै इन्टरलाई खेलमा फर्काए।
दोस्रो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। सिटीका भिटोर रेइसको प्रहार क्रसबारमा लाग्यो भने युवा विंगर रायन म्याकआइदुको प्रहार पोस्टमा ठोक्कियो। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो, जहाँ इन्टर मिलानले उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को जितसहित ट्रफी उचाल्यो।









-1785598621142.jpeg&w=3840&q=75)
-1785576703600.jpeg&w=3840&q=75)

