आइतबार, १७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सलाहलाई अविश्वसनीय प्रस्ताव

आइतबार, १७ श्रावण २०८३खेलपाटी संवाददाता
सलाहलाई अविश्वसनीय प्रस्ताव
Loading ad...
mustang rice ad

काठमाडौं। इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई अनुबन्ध गर्ने प्रतिस्पर्धामा सुरुआतमा बेसिक्तास मात्रै देखिएको थियो।

तर‚ अन्तिम समयमा टर्किस सुपर लिगकै अर्को क्लब ट्राब्जोनस्पोर पनि मैदानमा उत्रिएको छ। सलाहलाई टोलीमा भित्र्याउन क्लबले ठूलो आर्थिक प्रस्ताव अघि सारेको बताइएको छ।

स्थानान्तरण मामिलाका पत्रकार यागिज साबुनचुओग्लुको रिपोर्टअनुसार ट्राब्जोनस्पोरले बेसिक्तासलाई पछि पार्दै सलाहका प्रतिनिधिसँग छलफल सम्पन्न गरिसकेको छ। क्लबले दुई वर्षको सम्झौतासहित वार्षिक १ करोड ७० लाख युरो पारिश्रमिक दिने प्रस्ताव राखेको छ।

रिपोर्टका अनुसार सलाहले परिवारसँग परामर्श गरेपछि मात्र अन्तिम निर्णय लिनेछन्। अहिले जर्सी बिक्रीबाट प्राप्त हुने आम्दानीको हिस्सा मात्रै टुंगो लाग्न बाँकी रहेको छ। खेलाडी पक्षले २० देखि २५ प्रतिशत हिस्सा स्वीकार गर्न सक्ने अनुमान गरिएको छ।

सलाहलाई अनुबन्ध गर्न ट्राब्जोनस्पोरले कुनै स्थानान्तरण शुल्क तिर्नुपर्ने छैन। लिभरपुलसँगको सम्झौतामा अझै करिब एक वर्ष बाँकी भए पनि उनले क्लबसँगको सम्बन्ध अन्त्य गरिसकेका छन्। जुलाई १ देखि उनी स्वतन्त्र खेलाडी (फ्री एजेन्ट) बनेका छन्।

यसअघि बेसिक्तासले पनि सलाहसँग व्यक्तिगत सहमति भइसकेको जनाएको थियो। क्लबले एक वर्षको सम्झौतासँगै अर्को एक वर्ष थप्ने विकल्प राख्दै वार्षिक १ करोड युरो तलब प्रस्ताव गरेको थियो। तर‚ ट्राब्जोनस्पोरले त्यसभन्दा ७० लाख युरो बढी पारिश्रमिक प्रस्ताव गर्दै प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ।

लिभरपुलमा नौ वर्ष बिताएका सलाहले युरोपमै आफ्नो करिअरलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ। यसअघि उनको नाम साउदी प्रो लिगसँग पनि जोडिएको थियो।

सन् २०१९ मा लिभरपुललाई यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका इजिप्टियन फरवार्ड अहिले फ्री ट्रान्सफरमार्फत नयाँ क्लबको खोजीमा छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्तब्ध मेसी

स्तब्ध मेसी

सुखद् रहेन मोरिन्होको पुनरागमन

सुखद् रहेन मोरिन्होको पुनरागमन

सिटीको हार

सिटीको हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सलाहलाई अविश्वसनीय प्रस्ताव

सलाहलाई अविश्वसनीय प्रस्ताव

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

स्तब्ध मेसी

स्तब्ध मेसी

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

सुखद् रहेन मोरिन्होको पुनरागमन

सुखद् रहेन मोरिन्होको पुनरागमन

सिटीको हार

सिटीको हार

आश्रयलाई दोहोरो पदक

आश्रयलाई दोहोरो पदक

बिर्तामोड युनाइटेड च्याम्पियन

बिर्तामोड युनाइटेड च्याम्पियन