शनिबार, ३० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इम्मोबिलेले १७ वर्षपछि लिए सन्न्यास

शनिबार, ३० श्रावण २०८३खेलपाटी संवाददाता
इम्मोबिलेले १७ वर्षपछि लिए सन्न्यास
Loading ad...
mustang rice ad

काठमाडौं। इटाली तथा लाजियोका पूर्वस्टार स्ट्राइकर सिरो इम्मोबिलेले १७ वर्ष लामो व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएका छन्। फ्रेन्च क्लब पेरिस एफसीले शुक्रबार यसको पुष्टि गरेको हो।

पेरिस एफसीका अनुसार ३६ वर्षीय इम्मोबिलेले आफ्नो अधिकांश समय परिवार तथा प्रियजनहरूसँग बिताउने इच्छा व्यक्त गर्दै खेलाडी जीवन अन्त्य गर्ने निर्णय गरेका हुन्।

इम्मोबिलेले गत फेब्रुअरीमा बोलोग्नाबाट पेरिस एफसीमा आबद्ध भएका थिए। उनले फ्रेन्च क्लबका लागि १२ लिग–१ खेल खेल्दै दुई गोल गरे। क्लब फुटबलमा उनले विभिन्न टोलीका लागि ५९९ खेलमा ३०६ गोल गरेका छन्। इटालीको राष्ट्रिय टोलीबाट भने उनले ५७ खेलमा १७ गोल गरे।

इम्मोबिले सन् २०२० मा युरोपियन ‘गोल्डेन शू’ जित्ने खेलाडी पनि हुन्। उनले त्यस सिजन सिरिएमा ३६ गोल गर्दै गोन्जालो हिग्वाइनको एक सिजनमा सर्वाधिक ३६ गोल गर्ने कीर्तिमान बराबर गरेका थिए। उनी चार पटक सिरिएका सर्वाधिक गोलकर्ता बने।

उनको करिअरको सबैभन्दा सफल अवधि लाजियोमा बित्यो। रोमस्थित क्लबका लागि आठ सिजन खेल्दा उनले ३४० खेलमा २०७ गोल गरे र लाजियोका सर्वाधिक गोलकर्ता बने। उनले क्लबबाट एक कोपा इटालिया र दुई इटालियन सुपर कप उपाधि जिते।

इम्मोबिले सन् २०२१ मा सम्पन्न युरो २०२० जित्ने इटालीको टोलीका महत्वपूर्ण सदस्य थिए। कोभिड–१९ महामारीका कारण एक वर्ष ढिलो भएको उक्त प्रतियोगितामा उनले दुई गोल गरेका थिए। इटालीले वेम्बलीमा भएको फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो।

उनले इटालीका युभेन्ट्स, पेस्कारा, जेनोआ र टोरिनोका साथै जर्मनीको बोरुसिया डर्टमन्ड, स्पेनको सेभिया र टर्कीको बेसिक्टासबाट पनि खेले। १७ वर्षको व्यावसायिक करिअरमा इम्मोबिलेले क्लब र राष्ट्रिय टोलीबाट कुल ३२३ गोल गर्दै आफ्नो पुस्ताका उत्कृष्ट इटालियन स्ट्राइकरमध्ये एकका रूपमा करिअर टुंग्याएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इम्मोबिलेले १७ वर्षपछि लिए सन्न्यास

इम्मोबिलेले १७ वर्षपछि लिए सन्न्यास

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ