आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रतिफल नपाएको टोटेनह्याम

आइतबार, १४ भाद्र २०८३खेलपाटी संवाददाता
प्रतिफल नपाएको टोटेनह्याम
Loading ad...
mustang rice ad

काठमाडौं। टोटेनह्याम हट्सपरले यस सिजन खेलाडी अनुबन्धमा करिब ४०० मिलियन डलर खर्च गरेको थियो।

तर, त्यसको प्रभाव मैदानमा भने देखिन सकेको छैन। प्रिमियर लिगको नयाँ सिजनमा टोटेनह्यामले लगातार दोस्रो हार बेहोरेको छ र दुई खेलबाट अहिलेसम्म एक अंक पनि जोड्न सकेको छैन।

शनिबार घरेलु मैदानमा टोटेनह्याम न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भयो। यसअघि पहिलो खेलमा ब्रेन्टफोर्डसँग पनि टोटेनह्याम ३–० ले पराजित भएको थियो। दुई खेलमा टोटेनह्यामले एक गोलसमेत गर्न सकेको छैन।

न्युक्यासलविरुद्धको खेलमा टोटेनह्यामका पाँच नयाँ खेलाडीले सुरुआती टोलीमा स्थान पाए। तीमध्ये न्युक्यासलबाट १३३ मिलियन डलरमा टोटेनह्याम पुगेका सान्ड्रो टोनालीले बल छोएपिच्छे घरेलु समर्थकबाट समेत आलोचना खेप्नुपर्‍यो। म्यानचेस्टर सिटीबाट ऋणमा आएका ओमार मार्मुसको टोटेनह्याम स्थानान्तरण भने बिहीबार मात्रै पूरा भएको थियो।

तर‚ नयाँ खेलाडीहरूले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन्। दोस्रो हाफमा न्युक्यासलले टोटेनह्याममाथि दबाब बढाउँदै दुई गोल गर्‍यो।

६२औं मिनेटमा एन्थोनी एलाङ्गाले पेनाल्टी क्षेत्रमा उत्कृष्ट रूपमा घुम्दै प्रहार गर्दा बल पोस्टमा लागेर गोल भयो। त्यसको १० मिनेटपछि योआने विसाले नजिकैबाट चतुरतापूर्वक गोल गर्दै न्युक्यासलको जित सुनिश्चित गरे।

टोटेनह्यामका प्रशिक्षक रोबर्टो डे जेरबीका लागि लगातार दुई सिजन लिगमा १७औं स्थानमा सीमित भएको टोलीमा सही मानसिकता विकास गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ।

‘दुर्भाग्यवश, मानसिकता ट्रान्सफर बजारबाट किन्न सकिँदैन,’उनले भने। टोटेनह्यामसँगै प्रिमियर लिगका अन्य दुई टोलीले पनि सुरुआती दुवै खेल गुमाएका छन्। ठूलो संख्यामा नयाँ खेलाडी भित्र्याएका कारण टोलीलाई एकअर्कासँग घुलमिल हुन समय लाग्ने देखिएको छ।

नयाँ खेलाडीमध्ये सावियो मांसपेशीमा चोट लागेका कारण शनिबारको खेलमा टोलीमा समेत थिएनन्। टोटेनह्यामले सन् १९७४–७५ सिजनपछि पहिलोपटक लिगको सुरुआती दुई खेलमा गोल नगरी दुवै खेल गुमाएको हो।

लगातार दुई हारपछि समर्थकमा निराशा बढिरहेका बेला डे जेरबीले भने यसपटकको अवस्था विगत दुई सिजनजस्तो नहुनेमा आफू विश्वस्त रहेको बताए।

‘समर्थकहरूले यस्तो वातावरण सामना गर्नुपरेकोमा माफी चाहन्छु। दुई खेल हारेपछि कसैले यो विगतका दुई सिजनजस्तै कथा दोहोरिँदैछ भन्ने सोच्न सक्छ। तर‚ मलाई यसपटक त्यस्तो हुँदैन भन्नेमा कुनै शंका छैन,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

Loading ad...
xTreme Energy Drink
एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा